अब धरानस्थित बीपी प्रतिष्ठानमा क्यान्सरको उपचार हुने

सुनसरी / क्यान्सरको सहज उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच (एमओयु) मा सम्झौता भएको छ । बीपीमै अध्ययन गरेका दोस्रो व्याचका विद्यार्थी एवम् अमेरिकाको फिस हेल्थमा कार्यरत क्यान्सर विशेषज्ञ डा. विनय साह र श्रीमति तारा साहले सञ्चालन गर्नुभएका विनय तारा फाउन्डेशन र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच आइतबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच अस्पताल निर्देशकको कार्यकक्षमा सम्झौता भएको हो ।

सम्झौतापश्चात दुई बर्षभित्रमा क्यान्सर सम्बन्धि किमो थेरापी, रेडियो थेरापी, पेथोलोजी लगायतका सम्पूर्ण सेवा बीपीमै हुने भएको छ । जनकपुरमा समेत २५ बेडको क्यान्सर अस्पताल सञ्चालनमा ल्याइसकेको यो संस्थाले भविष्यमा नेपालका ७ वटै प्रदेशमा एक÷एक वटा क्यान्सर अस्पताल खोल्ने लक्ष्य लिएको फाउन्डेशका सञ्चालकमध्येका डा. विनय शाहले बताउनुभयो ।सम्झौता पश्चात प्रदेश नंं १ का क्यान्सरका विरामीहरुलाई सहज हुने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा गुरु खनालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित