प्रसूति डाक्टर विहीन जिल्ला अस्पताल

उदयपुर /सदमुकाम गाईघाट बोक्सेमा रहेको उदयपुर जिल्ला अस्पतालमा एक महीनादेखि प्रसूतिसम्बन्धीको डाक्टर नभएपछि अहिले अधिकांश प्रसूतिसम्बन्धी बिरामीले दुःख कष्ट भोग्नुपरेको छ । अस्पतालका प्रसूतिसम्बन्धी चिकित्सक पवन साह र अर्का चिकित्सक विशाल देवको सरुवा भएर अन्यत्र गएसँगै एक महीनादेखि उदयपुरका प्रसूतिसम्बन्धी बिरामीले उपचारको लागि एम्बुलेन्समा दशौँ हजार खर्च गरेर धरान तथा विराटनगर जान बाध्य हुनु परेको बिरामीका आफन्त बताउँछन् ।

चिकित्सकको अभावमा जिल्ला अस्पतालमा प्रसूतिसम्बन्धी शल्यक्रियासहितको उपचार हुन नसकेपछि अहिले जिल्लाको पहाडी क्षेत्रसहित पूर्वी र पश्चिमी क्षेत्रका बिरामी महँगो खर्चमा विराटनगर जान बाध्य हुनुपरेको त्रियुगा नगरपालिका–१ का जनार्दन कार्की बताउनुहुन्छ ।

चिकित्सक सरुवा हुने बित्तिकै आफूले प्रदेश सरकारका सम्बन्धित मन्त्रीलाई तुरुन्त अर्को डाक्टर व्यवस्था गरिदिन अनुरोध गरे पनि अहिलेसम्म व्यवस्था हुन नसकेको अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका अध्यक्ष खड्ग परियारले बताउनुभयो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित