सुनसरीमा बीसीजी खोप लगाउँदा शिशुको मृत्यु

इनरुवा / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ शिवगंज टोलमा बीसीजी खोप लगाउँदा एक महिने शिशुको ज्यान गएको छ । मत्यु हुनेमा सोही स्थान बस्ने शिबु खत्वेको १ महिने शिशु (छोरा) शिवम खत्वेको रहेको सुनसरी प्रहरीले जनाएको छ । शिशुलाई दिउँसो १ बजेको समयमा स्वास्थ्य चौकी भोक्रहाबाट खटिएकी अनमी गोमा ढकालले बीसीजी खोप लगाएकी थिईन ।

खोप लगाएको केही समय पछी बेहोस भएका शिशुलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ । खोप लगाउने क्रममा बेहोस भई शिशुको ज्यान गएपछि पीडित परिवार सहित आक्रोसित स्थानीयको भिडले स्वास्थ्य चौकीमा नाराजुलुस गर्नुकासाथै स्वास्थ्यकर्मी उपर हातपातको प्रयास गरेका छन् ।
खोप लगाउने स्वास्थ्य स्वयम् सेविका ढकाललाई प्रहरीले नियन्त्रणमा राखि अनुसन्धान थालेको जनाएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित