पथरीशनिश्चरेमा क्यान्सर कार्यशाला

माेरङ / अरनिको हस्पिटल क्यान्सर सुचना केन्द्र उर्लाबारीको आयोजनामा बुधबार मोरङको पथरीशनिश्चरेमा क्यान्सर रोगका विषयमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा पथरीशनिश्चरेका नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट (बाँस्तोला) सहित उर्लाबारी नगरपालिका, रतुवामाई रतुवामाई, मिक्लाजुङ, गाउँपालिका, पथरीशनिश्चरे नगरपालिका, लेटाङ नगपालिका र कानेपोखरी गाउँपालिकाका स्वास्थ्य संयोजकहरुको सहभागिता रहेको थियो । गोष्ठीमा प्रदेश १ सरकारको झापा, मोरङ, सुनसरी हेर्ने स्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेत पनि सहभागी थिए ।

गोष्ठीमा यस क्षेत्रमा रहेका स्वास्थ्य प्राविधिकहरुलाई क्यान्सर रोग छनौट गर्ने तालिमको व्यवस्थापन गर्ने निष्कर्ष निकालिएको छ । गोष्ठीले सो तालिममा जाने जनशक्तिहरुको पहिचान गर्ने र निजि, सरकारी तथा सामुदायिक मोडलमा कार्यक्रम संचालन गर्ने सहमती भएको केन्द्रका अध्यक्ष चिरञ्जिवी चूँडालले जानकारी दिए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित