सुटकेसमा गर्लफ्रेन्ड !!!

मायालु जोडीहरुले एक अर्कोलाई छातिभित्र मुटुमा लुकाउँछु भन्दै गीत गाउँछन् । आखिर भन्ने कुरा न हुन् । गर्न त कहाँ पो सकिन्थ्यो र ? तर अमेरिकाका एक व्यक्तिले भने आफ्नी प्रेमिकाको लागि साँच्चीकै अजीबको काम गरेका छन् । मुटुभित्र त होइन उनले प्रेमिकालाई सुटकेसभित्र राखेका छन् । उनले कुनै रिसरागले वा गलत मनसायले प्रेमिकालाई सुटकेसमा राखेका होइनन् । प्रेमको उच्चतम नमुना पेश गर्दै उनले त्यसो गरे ।

वास्तवमा आफु बसेको अपार्टमेन्टमा ती प्रेमीकालाई छिर्न नदिइएपछि उनले सुटकेसभित्र राखेर प्रेमिकालाई घरमा ल्याउने कोसिस गरेका रहेछन् । अमेरिकाको पोर्टल्याण्डस्थित एक अपार्टमेन्टमा बस्ने कोला नामका पुरुषले आफ्नी कर्टिस नामकी गर्लफ्रेन्ड लाई सुटकेसमा प्याक गरी अपार्टमेन्टमा छिराउने प्रयास गरे । कर्टिसले यसअघि ब्वायफ्रेन्डको अपार्टमेन्टमा तोडफोड गरेको आरोपमा उनलाई उक्त भवनक्षेत्रभित्रै सुरक्षागार्डले प्रवेश निषेध गरेको थियो । प्रेमीसँग केही झगडा परेपछि कर्टिस तोडफोडमा उत्रिएकी थिइन् । तर प्रेमिकाले झगडा गरेपनि कोलाको मन कुँडिएन वा माया घटेन । त्यसैले उनले गुलाबी सुटकेसभित्र राखेर ४४ किलो तौल भएकी प्रेमिकालाई अपार्टमेन्ट छिराउने जुक्ति निकाले ।

तर विडम्वना उनले सुटकेस बोकेर आउँदै गर्दा बाटोमै सुरक्षाकर्मीको चेकजाँचमा परे । सुटकेसभित्र एक महिलालाई देखेपछि सुरक्षाकर्मी तिनछक परे । कोलाले ती महिलालाई अपहरण गरेको आशंका सुरक्षाकर्मीले गरे । त्यसैले ती दुबैलाई चौकीमा लगे । पछि केरकार गर्दा पो यथार्थ कुरो थाहा भयो र ती प्रेमीप्रेमिकालाई छाडियो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित