यौनको मामलामा रातो रंगको कपडा बढी उर्जावान

रातो राम्रो गुलियो मिठो बुढापाकाहरुको भनाईलाई आत्मासाथ गरौं । साँच्ची नै भन्ने हो भने यो सत्य हो । रातो कपडा लगाएको दिन महिलामा यौन क्षमता बढी, पुरुषमा उत्तेजना बढी तपाईँ आफ्नी श्रीमति वा प्रेमिकाले रातो कपडा लगाएको बेला उसको व्यहोरा बुझ्ने गर्नुभएको छ ? तपाईँलाई पत्तै नभई उनीहरु रातो कपडा लगाएको बेला यौनका मामलामा बढी उर्जावान भैरहेका हुन्छन् । रातो कपडा लगाएको दिन उनीहरुमा अन्य दिनको तुलनामा यौन क्षमता बढी हुन्छ । रातो रंगले यौन क्षमतालाई पनि संकेत गर्ने निश्कर्ष खोजकर्ताहरुको छ । र यो पनि पत्ता लागेको छ, महिलाहरुले रातो कपडा लगाएको दिन पुरुषमा पनि यौन उत्तेजना बढी हुन्छ ।

हालसम्म रातो रंग प्राणी मात्रलाई क्रुद्ध बनाउने, उत्तेजित पार्ने रंग मानिन्छ । तर सधैँ यस्तो हुँदैन भन्ने पनि प्रमाणित भएको छ । पछिल्लो अनुसन्धान अनुसार रातो रंगले मानिसलाई उर्जावान, तागतिले र बलियो पनि बनाउँछ । युनिभर्सिटी अफ रोचेस्टरका प्रा. एन्ड्रयु एलियट भन्छन्, ‘रातो रंगको आभास मात्रैले पनि हामीलाई हरेक विषयमा तीव्रता साथ लाग्न प्रेरित गर्छ, शक्तिशाली बनाउँछ ।’ रातो रंगले खतराको संकेत गर्छ, त्यसैले यो सिधै हाम्रो शारीरिक प्रक्रियासँग जोडिएको छ ।

रातो रंग खेलाडीको लागि पनि सहयोगी हुन्छ । किनभने खेलाडीहरुलाई शक्ति प्रदर्शन गर्नुपर्ने हुन्छ । एलिटले आफ्नो अध्ययनमा के सम्म पाएका रहेछन् भने फुटबल म्याचमा अहिलेसम्म जति पनि टिम विजयी भएका छन्, तीमध्ये अधिकाँशको जर्सीमा रातो रंगको मात्रा बढी थियो । कतै यहि विशेषताका कारण विहेको दिन हाम्रो संस्कारमा दुलहीले रातो रंगको सारी, चुरा र अन्य कुरा लगाएका त होइनन् ? उर्जाले भरिएको सुहागरात मनाउन त होइन ?

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित