एक डेन्टिस्ट, जसले दाँतको उपचारमा आएका पूर्व ब्वाइफ्रेन्डका सवै दाँत उखेलिदिइन्


पोल्यान्डकी एक डेन्टिस्टले आफ्ना पूर्व केटासाथीको सवै दाँत निकालिदिएकी छिन्। आफूलाई छाडेर नयाँ केटीसाथी बनाएको झोकमा उनले यस्तो गरेकी हुन् ।

अन्ना म्याविक नामकी ती डेन्टिस्टले आफ्ना पूर्व केटासाथीको दाँतको उपचार गर्ने क्रममा गरेको गल्तीले तीन वर्ष जेल सजाय भोग्न सक्ने देखिएको छ ।

उनका पूर्व केटासाथी मारेक वल्सजेवस्कीले ब्रेकअपको केही दिनपछि दाँत दुख्न थालेपछि डेन्टिस्ट पूर्व केटीसाथी अन्नालाई गुहारेका थिए ।

‘मैले व्यवसायिक हुने प्रयास गरेकी थिएँ तर मेरो आवेगसँग हारें,’ ३४ वषीया अन्ना भन्छिन्, ‘मैले जब ऊ पल्टिरहेको देखें, लाग्यो– कस्ता वाइयात मान्छे ।’
त्यसपछि उनले तुरुन्तै एनेस्थेसियाको कडा डोज दिइन्। एकपछि अर्को गर्दै सवै दाँत उखेली दिइन् ।

उनले गिँजामा ब्यान्डेज बाँधिदिइन्। सामान्य तरिकाले त्यहाँबाट बाहिरिइन् ।

‘जब म होसमा आएँ, मलाई थाहा भयो कि केही न केही गलत भएको छ,’ ४५ वर्षीय वल्सजेवस्की भन्छन्, ‘मैले मेरो मुखमा कुनैपनि दाँत नरहेको र गिँजामा ब्यान्डेज बाँधिएको महशुस गरें ।’

उनले आफ्नो अपार्टमेन्ट नपुगुन्जेल आफूमाथि यति डरलाग्दो घटना घटेको भने थाहा पाउन सकेनन् । ‘मैले घर पुगेर ऐना हेरें । म आफैंलाई विश्वास लागेन । उनले त मेरो पूरै मुख खाली गरिदिइछन्,’ उनले भने ।

त्यसपछि वल्सजेवस्कीले दाँत प्रत्यारोपण गरेका छन् । उनकी नयाँ केटीसाथीले दाँत नभएको केटासाथी झेल्न सकनिन्, त्यसैले छाडिदिइन् । डेन्टिस्ट अन्नामाथि मेडिकल मालप्य्राक्टिस गरेको भन्दै अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित