बिपी प्रतिष्ठानको आकस्मिक कक्षमा भयाे झडप

सुनसरी/ प्रकाशपुरबाट गाडीले दुवै खुट्टा किचेर धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएपछी प्रतिष्ठानमा झडप भएको छ । ८५ बर्षीया वृद्ध लिलाबहादुर काफ्लेको मृत्यु भएको बिषयमा विवाद हुदा आफन्त र सुरक्षा गार्डविच झडप भएको हो । झडपका कारण आकस्मिक कक्ष दुई घण्टा तनावपूर्ण रहेकाे थियो । छोरा बिक्रम काफ्लेका अनुसार गाडीले दुवै खुट्टा अत्यधिक रक्तस्राव हुदा पनि डाक्टरहरुकाे लापरवाहीकाे कारण मृत्यू भएकाे अाराेप लगाए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित