भरतमा अनौठो मन्दिर, जहाँ सुन्दर पत्नीका लागि पुरुष बन्छन महिला जस्तै

कुनै पनि पुरुषले आफ्नो जिवन संगीनी सुन्दर होस भन्ने कामना भगवान संग गरिरेहेको हुन्छ । तर उनिहरुले सुन्दर श्रीमतीका लागी भन्दै महिलाले जस्तै सिँगारपटार गरी मन्दिरमा पुजा गरेको सुन्दा तपाईहरुलाई अच्चमै लाग्छ होला ।

महिलाहरुले राम्रो बरको लागी त ब्रत बसेको हामीले देखेकानै हौ । तर पुरुषले असल र राम्री श्रीमतीको लागी ब्रत बसेको भन्ने कतै पनि सुन्नमा आएको छैन् । भारतको केरलामा एउटा मन्दिर छ जहाँ पुरुषहरु सुन्दर पत्नीको वरदान माग्छन् ।

दक्षिण भारतमा रहेको श्रीदेवी मन्दिरमा वरदान माग्न जाने पुरुषहरु महिलाले जस्तै सारी लगाएर श्रृंगार गर्नुपर्दछ । कोल्लम जिल्लास्थित कोट्टनकुलंगरामा रहेको श्रीदेवी मन्दिरमा पुरुषहरु सुन्दर पत्नी तथा राम्रो जागिरको लागि वरदान माग्न पुग्ने गरेका छन् ।

हरेक वर्ष २३ र २४ मार्चमा यो मन्दिरमा चाम्याविलक्कु नामक पर्व मनाइन्छ । त्यो बेला महिलाको जस्तै श्रृंगारपटार गरेर वरदान मागे बर पाईन्छ भन्ने जनविश्वास रहकेको छ । त्यसैले पनि सो समयमा पुरुषहरु बर माग्न आउनेको भिड लाग्ने गर्दछ । यस कुरामा त्याहाँका मानिसहरुले वर्षौ देखि मान्दै आईरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित