छोरी बचाउ अभियान चलाउँदै अस्पताल

माेरङ / विराटनगरमा रहेको एक अस्पतालले छोरी बचाउँ अभियानको सुरुआत गर्ने भएको छ । विराटनगरस्थित महेन्द्र चौकमा रहेको म्याक्स इन्टरनेशनल अस्पताल तथा ट्रउमा सेन्टरले अभियानसंगै छोरी जन्माउने आमालाई उपचार सेवामा सहुलियत प्रदान गर्ने जनाएको छ । अस्पतालले बुधबार अभियानबारे जानकारी दिदैं छोरी जन्माउन प्रोत्साहन गर्ने उद्देश्यले अभियान अघि बढाइएको जनाएको छ ।

अस्पतालका अध्यक्ष शत्रुध्न यादवले अस्पतालमा प्रसूति गराउने आमाले छोरी जन्माए सामान्य डेलिभरी तथा शल्यक्रियामा निशुल्क गर्ने अभियान शुरु गरेको बताए । अध्यक्ष यादवले अस्पतालले जेष्ठ नागरीक सम्मान सेवा कार्यक्रम अन्तरगत ७० बर्ष माथिका जेष्ठ नागरिकलाई उपचारका क्रममा लाग्ने रकमको २५ प्रतिशत मिनाह गर्ने जानकारी दिए । त्यसैगरि, सहिद परिवारको सम्मानमा उपचारमा लाग्ने कुल रकमको २५ प्रतिशत मिनाह दिने अस्पतालले जनाएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित