गरिब र असाहयको सारथी बन्दै डा.सुनिल शर्मा

बेलबारी । मोरङको बेलबारी वडा नम्बर ४ चाँदनी चौककी ७० बर्षिया बुधो चौधरीलाइ नेपाली काँग्रेस बेलबारीको संयोजनमा नोबेल अस्पताल बिराटनगरले निशुल्क उपचार गरिदिने भएको छ । आर्थिक अबस्था कमजोर भएकी चौधरीको घरमै पुगेका नोबेल अस्पतालका सञ्चालक डा. सुनिल शर्माले निशुल्क उपचारको ब्यबस्था गरिदिने भन्दै सोमबार नै अस्पताल लगेका छन । उपचार अभावमा छटपटाईरहेकी आफनी श्रीमतीले उपचार पाउने भएपछि उनका श्रीमान सतयनारायण चौधरी समेत खुसी देखिए ।

चौधरीलाई उपचारमा लैजानुअघि स्थानीय निर्बाचनमा काँग्रेसका तर्फबाट बेलबारीका मेयरका प्रत्यासी राजकुमार लिम्बु,नेपाली काँग्रेस बेलबारीका सभापति शम्भु भट्टराई,कोषाध्यक्ष जनक पोख्रेल,नेपाली काँग्रेस वडा सभापति डम्बर बस्नेत,जनप्रतिनिधि ऐश्वर्यप्रसाद आचार्य,स्थानीय नेता चन्द्र लिम्बु,रामहरि कोईराला,इन्दिरा कार्की लगायतको उपस्थिति रहेको थियो ।
डा. शर्माले बेलबारी ४ बाट मात्र एक महिनाको अबधिमा एक दर्जन बढी गरिब तथा असाहय बिरामीहरुलाई निशुल्क उपचार दिलाईसकेका छन । अस्पतालमा उपचार पाएर फर्किएकाहरुले डा.शर्मा आफनो लागी भगवानको रुपमा प्रकट भएको र उनको गुन तिर्न कहिल्यै नसक्ने प्रतिक्रिया दिएका छन ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित