जेष्ठ नागरिकलाई फिदिम नगरपालिकाले औषधी उपचार बापत्तको पाँच हजार रुपैया दिँदै

पाँचथर / पाँचथर फिदिम १ का भिम प्रसाद भट्टराई अहिले ८६ बर्ष पुग्नुभयो,उहाँलाई राज्यले सामाजिक सुरक्षा भत्ता दिइरहेको छ । उहाँले उक्त भत्ता लिइरहनुभएको छ, अहिले औषधी उपचार बापत्त फिदिम नगरपालिकाले ५ हजार रुपैया नगद दिँदा उहाँ खुशीले आश्चर्य चकित हुनुभयो । उहाँले भन्नुभयो,“ मलाई थाहा पनि दिएन् फिदिम ४ का वडाअध्यक्ष प्रकाश गुरुङले घरमै आएर बा तपाईहरु जस्ता वृद्धवृद्धालाई औषधी उपचार गर्न भनेर फिदिम नगरपालिकाले ५ हजार रुपैया दिन्छ, नगरपालिकामा लिन आउनु भनेपछि म गएर रकम लिएँ खुशीले दंग परे ।”

यस्तै फिदिम ४ का ८६ बर्षिय कुल बहादुर खत्रीले भन्नुभयो,“आफूलाई घरमै नगरपालिकाका कर्मचारी आएर औषधी उपचार बापत्तको रकम दिएकोले अन्यन्तै हर्षित भएको छु ।” उहाँले थप्नुभयो,“नगरपालिकाका जनप्रतिनिधीहरुले अत्यन्तै राम्रो काम गरे,नगरपालिकाको सुब्यभाब्य होस्,हामी जस्ता अस्ताउन लागेका वृद्धवृद्धाहरुलाई औषधी उपचार बापत्त यति रकम दिएकोले हामी हर्षित छौ ।”

फिदिम नगरपालिकाले अहिले ८० बर्ष पार गरेका वृद्धवृद्धाहरुलाई औषधी उपचार बापत्त ५ हजार रुपैया रकम प्रदान गरिरहेको फिदिम नगरपालिका प्रमुख ओनाहाङ्ग नेम्बाङ्गले बताउनुभयो । फिदिम नगरपालिकाका १४ वटै वडाका ८० वर्ष पार गरेका जेष्ठ नागरिकलाई औषधी उपचार बापत्त नगरपालिकाले ५ लाख रुपैया रकम विनियोजन गरेको उहाँले बताउनुभयो ।

घरपरिवारले समेत वृद्धवृद्धालाई औषधी उपचार नगरिदने र उपचार गर्न खर्च समेत उनीहरु सँग नहुने भएको हुँदा नगरपालिकाले औषधी उपचार बापत्तको रकम नगरले उपलब्ध गराएको उहाँले बताउनुभयो । नागरिकताको फोटोकपी,र उपचार गरेको बिलको आधारमा नगरपालिकाले रकम उपलब्ध गराइरहेको फिदिम नगरपालिकाका प्रशासकिय अधिकृत तथा सूचना अधिकारी डम्बर बहादुर आङदेम्बेले बताउनुभयो ।

अहिलेसम्म झण्डै ७० जना जेष्ठ नागरिकले औषधी उपचार बापत्तको रकम बुझेको नगरपालिकाले जनाएको छ । अव टाढाका जेष्ठनागरिकलाई वडामै औषधी उपचार बापत्तको रकम दिने फिदिम ४ का वडाअध्यक्ष प्रकाश गुरुङले बताउनुभयो । यस कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तर दिने उहाँको भनाई छ ।औषधी उपचार बापत्तको रकम दिँदा जेष्ठ नागरिकहरु हर्षित भएका छन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित