विराटनगर महानगरपालिकाद्वारा अस्पताललाई एसी प्रदान

विराटनगर / विराटनगर महानगरपालिका कार्यालयले कोशी अञ्चल अस्पतालको एनआइसियु तथा प्रसूति कक्ष न्यानो बनाउनका लागि वातानुकुलित उपकरण एसी प्रदान गरेको छ ।
महानगरका प्रमुख भीम पराजुलीले मंगलबार अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच एनआएसियु वार्डका लागि ५ थान एसी प्रदान गरे । अस्पतालका प्रमुख मेडिकल सुप्रिटेन्डेन्ट डा. रोशन पोखरेलका अनुसार, एनआइसियु बच्चा वार्ड र प्रसूति गराउने कक्षमा न्यानो र चिसोका लागि एसीहरु जडान गरिने छन् ।

चिसो मौषम बढेर प्रसूति गराउने कक्षमा महिलाहरुलाई असहज हुने जानकारी पाएसंगै महानगरले एसीको ब्यवस्था गरेको महानगर प्रमुख पराजुलीले बताए । कार्यक्रममा उनले अझ थप दुईवटा एसी महानगरले उपलब्ध गराउने प्रतिवद्धता जनाए । अस्पताल परिसरमा ढल ब्यवस्थापनका लागि महानगरपालिले १० लाख रुपैयाँ विनियोजन गरेको प्रमुख पराजुलीको भनाइ छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित