सरी बाबा ! हजुरले भन्नुभयो शहर छोड्नू, मैले संसार नै छाेडिदिए !


सुसाइड नोट भेटियो । सुसाइड नोटमा लेखिएको थियो ‘सरी बाबा ¤ तपाइँले भन्नुभएको थियो कि शहर छोडिदिनु ।

त्यसैले मैले संसार नै छोडिदिएँ । बिक्की, रिंकु, बिट्टु, सत्यम र किट्टुले मेरो कुनै पैसा खाएका छैनन् । बाबा हजुरले यी केटाहरुमाथि मेरो सबै पैसा खाएको जो आरोप लगाउनुभयो त्यो सबै झुटो हो ।’जानकारीअनुसार राजकुमार सिंहका छोरा मनिष शनिबार दिउँसो बिहारको पूर्णियास्थित घरबाट निस्केका थिए ।

त्यसपछि रातीसम्म घर फर्केनन् । आइतबार बिहान जब पिताले ढोका खोले घरअगाडि रहेको रुखमा छोराको लाश झुण्डिरहेको थियो । लाश देखेपछि उनी आत्तिएर चिच्याउन थाले । पिताले चिच्याएको सुनेर भित्र भएकी छोरी निस्किन् । उनी आत्तिएर बेहोस भइन् । त्यसलगत्तै आसपासका मानिसहरु जम्मा भए । प्रहरीले शव पोष्टमार्टमका लागि पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित