पति जेलमा रहेका बेला पत्नीले यसरी जन्माउँछन् बच्चा

लण्डन । इजरायलको जेलमा हजारौं प्यालेस्टिनी नागरिक छन् । लामो जेल जीवनको सजाय भोगिरहेका प्यालेस्टिनीहरू आफ्नी पत्नी गर्भवती भएको र सन्तान जन्माएको खबर जेलमै सुनेर दंग परिरहेका हुन्छन् । पति जेलमा रहेकै समयमा कसरी घरमा गर्भवती हुन्छन् पत्नी ? जिज्ञासा जाग्नु स्वाभाविक पनि हो । पति जेलमा रहेका महिलाले आफ्नै पतिको बीर्यबाट गर्भधारण गरेका हुन्छन् ।

इजरायली जेलमा बन्द रहेका प्यालेस्टिनीका परिवारलाई दुई हप्तामा एक पटक जेलमै भेटघाटका लागि समय दिइन्छ । ४५ मिनेटको उक्त समयभित्र पतिले सन्तानको चाहना पूरा गर्न लुकिछिपी बीर्य उपलब्ध गराउँछन् । त्यसो त, कानूनअनुसार बीर्यदानका लागि केही प्रावधान पनि छन् । त्यस्तो प्रक्रिया धेरै झन्झटिलो भएका कारण भेटघाटको समयमा लुकिछिपी बीर्य हासिल गर्ने प्रक्रिया बढेको छ ।

चोरीका माध्यमबाट होस् या विधिवत रुपमा पतिको बीर्य हासिल गरिसकेपछि त्यस्ता महिलाले गर्भाधान क्लिनिकमा गएर ‘आइभीएफ’ प्रविधिबाट गर्भाधान गरी सन्तान जन्माउने गर्दछन् ।
तीन वर्षको अवधिमा ३२ बालबालिका यसरी जन्मिएका छन् । विधिवत रुपमा बीर्य दान गरी जन्माइएकाको तुलनामा जेल प्रशासनको आँखा छलेर लुकिछिपी बीर्य हासिल गरी जन्माइएका सन्तानको संख्या बढ्दैछ । दैनिकनेपाल

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित