जटिल समस्याहरु समाधान गरी खुशी हुन कसरी सकिन्छ ?

हामी जीवनको कुनै पनि मोडमा हुन सक्छौँ तर जुन अवस्थामा भए पनि आफुलाई बलियो र शशक्त पार्नको लागि खुशी आवश्यक पर्छ । हामीलाई आइपर्ने विभिन्न समस्याहरुबाट धेरै विचलित र चिन्तित हुन्छौं । तर आफुलाई फुर्तिलो बनाउनको लागि खुशी अत्यावश्यक हुन्छ । खुशी हुन सक्यौँ भने जटिल समस्याहरु पनि सहजै पार लगाउन सकिन्छ ।

१ आफुलाई चिन्ने

प्रत्येक मानिसहरु आफैमा अद्धितीय हुन्छन् । अन्य मानिसहरुलाई छोडेर आफैँले आफैलाई चिन्न खोज्ने । आफ्नो व्यक्तित्व प्रति कौतुहल र रुचि जगाउने ।

२ प्राथमिकता दिने

हामीहरु आफुलाई खुशी नदिने कुरालाई धेरै महत्वपुर्ण मान्छौँ । हामीलाई धेरै तनाव दिने कामहरुलाई मात्रै महत्वपुर्ण ठान्ने गर्छौ । तर हामी आफुलाई नै खुशी दिन कामलाई त्यति वास्ता गर्दैनौ । हाम्रो खुशीहरु त्यत्तिकै सकिएर जान्छ ।

हामीले आफ्नो जीवनलाई खुशी राख्न आफ्नो प्राथमिकता के हो ? त्यस्लाई जोड दिनुपर्छ । पारिवारिक र व्यावहारिक त आफ्नो ठाउँमा भइनै हाल्छ तर हामीले पछि सम्म आफु खुशी बन्नु छ भने आफ्नो जीवनको प्राथमिकतामा जोड दिन आवश्यक छ ।

३ सफलतामा रमाइलो गर्ने

हामीहरु अरुको सफलतामा रमाइलो गर्ने गर्छाैँ । तर आफ्नो उपलब्धिमा ध्यान दिदैनौ । सफलता चाहे सानो होस् या ठुलो आफ्नो सफलता पाएको कठिन मोडहरुलाई छोडेर सफलताको रमाइलो गर्न सके हामीहरु सधैँ खुशी हुन सक्छौँ । यस्ता सफलताका रमाइलो पलहरुले हामीलाई खुशी मात्र पार्दैन आउने चुनौतिहरुलाई समेत लड्नको लागि प्रेरित बनाउँछ ।

४ स्वास्थ्यको ध्यान राख्ने

अस्वस्थ्य भएपछि आफुलाई खुशी राख्न असम्भव हुन्छ । आफ्नो शरीरलाई मानसिक एवम् शारिरिक रुपमा तन्दुरुस्त राख्न सक्यौँ भने हाम्रो शरीर अस्वस्थ हुने सम्भावना रहँदैन । हामी स्वस्थ भएपछि हामीलाई काम गरेर पनि अधिक सन्तोष र खुशी मिल्छ ।

५ आफ्नो शौक जीवित राख्ने

हामीहरु कामको व्यस्ततामा धेरै कुराहरुलाई समय दिन सक्दैनौ । आफुलाई मन लागेको कुराहरु समय अभावले गर्न पाउँदैनौ । तर यस्ता साना कुराहरुले नै हामीलाई खुशी राख्न मद्दत गर्दछ । आफ्नो रुचीलाई ध्यान राखेर समय निकाल्ने र रुचीका कामहरु गर्ने हो भने पनि हामीलाई धेरै खुशी मिल्ने गर्छ ।

६ आफुलाई आफैले चुनौती दिने

हामीहरुले आफुलाई खुशी राख्नु छ भने कहिलेकाहिँ आफ्नो दिनचर्याबाट समय निकालेर केही फरक काम गर्नुपर्छ । यसले हाम्रो जीवनमा नविनताका साथै शरीरलाइ फुर्तिलो बनाउँछ । यदि हामी खुशी हुनु छ भने पहिले कहिल्यै नगरेको काम गर्नुपर्छ । अथवा पुरानै कामलाई नयाँ तरिकाले प्रस्तुत गर्नुपर्छ । यसो गर्दा हामीलाई एउटा छुट्टै आनन्द र खुशी मिल्छ ।

७ आफैलाई साथी बनाउने

यदि हामीहरु आफैले आफैलाई साथी जस्तै बनाउन सकियो भने लुकेका खुशीहरु स्वतः बाहिर आउँछन् । हामी जसरी साथीको गल्तीलाई माफ गर्दिन्छौँ, उस प्रति सहृदयी हुन्छौ । त्यसैगरि हामी आफ्नो लागि पनि सहृदयी र उदार हुन सक्छौँ । यसले हामीलाई जस्तो बेलामा पनि एक्लोपन र अधुरोपनको भान हुँदैन जसले हामीलाई खुशी र प्रसन्न राख्छ ।

प्रतिक्रिया

सम्बन्धित