अरिंगालको विष क्यान्सरसँग लड्नसक्ने हतियार : अध्ययन

काठमाडाैं / ब्राजिलमा अरिंगालको विष क्यान्सरसँग लड्नसक्ने हतियारको रुपमा विकास गरिएको वैज्ञानिकहरुले बताएका छन् । प्रयोगशालामा गरिएको अध्ययन अुनसार उक्त विषले क्यान्सर कोषिकाहरुलाई मार्नुका साथै साधारण कोषिकाहरुलाई पनि कुनै हानी गर्दैन । युनिभर्सिटी अफ ब्राजिलको टिम भन्छ, ‘प्रयोगात्मक थेरापीले ट्यमुरको कोषिकाहरुलाई मजबुत बनाउँछ ।’

यो अध्ययन अहिले सुरुवाती स्टेजमा छ । यस विधि मानिसमा सुरक्षित छ की छैन भन्नका लागि अझै धेरै अध्ययनहरुको आवश्यकता पर्ने खोजमा संलग्न वैज्ञानिकहरु बताउँछन् । ‘पोलिबिया पाउलिस्टा’ नामक अरिंगाल एकदमै आक्रामक अरिंगालमध्येमा पर्छ । जुन, दक्षिण-पूर्वी ब्राजिलमा पाइन्छ । यसको चिलाई राम्रो मानिँदैन । तर, वैज्ञानिक भने यसलाई राम्रो कामको लागि प्रयोग गर्न सकिने दाबी गर्छन् । यस प्रजातिको अरिंगालमा एउटा महत्वपूर्ण विष हुन्छ । जसलाई, ‘एमपिवन’ भनिन्छ । यो विष किराहरुले आफ्नो आहाराका लागि शिकार गर्दा प्रयोग गर्छन् भने कतिपयले भने प्रतिरक्षा क्षमताको लागि पनि प्रयोग गर्ने गर्दछन् ।

हालसालकै यो अध्ययन मुसामा गरिएको थियो । जसले क्यान्सरका कोषिकाहरुलाई नष्ट गर्ने बताउँछ । प्रोफेसर जो रगिरो नेट्टो तथा उनका सहकर्मीले अध्ययन गरेर यो पत्ता लगाएका हुन् । ‘एमपिवन’ र बोसो अणुहरु सम्पर्कमा आइरहेका हुन्छन् । जुन क्यान्सर सेल्सको सतहमा असामान्य रुपमा बाँडिएको हुन्छ भन्ने पत्ता लागेको छ । यसले सिर्जना गर्ने प्वालहरुले कोषिकाको महत्वपूर्ण कार्यलाई लिक हुनबाट बचाउँछ । बायोफिजिकल जर्नलका वैज्ञानिकहरुका अनुसार स्वास्थ्य कोषिकामा त्यही अणुहरु लुकेर बसेका हुन्छन् । यसको अर्थ स्वास्थ्य तन्तुलाई ‘एमपिवन’को आक्रमणबाट बच्नुपर्ने हुन्छ ।

युनिभर्सिटी अफ लिड्सका सह-शोधकर्ता डा पौल बिल्स भन्छन्, ‘क्यान्सर थेरापी जसले सेल झिल्लीको लिपिड संरचनालाई आक्रमण गरेमा नयाँ प्रकारका क्यान्सर विरोधी औषधिहरु तयार हुनेछन् ।’ ‘यसबाट नयाँ समिश्रणका थेरापीहरु विकास गर्न सकिन्छ । जहाँ, धेरै औषधिहरु एकैसाथ प्रयोग गरेर शरीरका विभिन्न भागका क्यान्सर कोषिकाहरुलाई एकैचोटी उपचार गर्न मिल्नेछ’, उनी भन्छन् । क्यान्सर रिसर्च युकेकी विज्ञान विभागकी सूचना अधिकारी डा ऐनी म्याककार्थीका अनुसार यो सुरुवाती स्टेजको रिसर्चले हामीले के बुझ्न मद्दत गर्छ भने प्रयोगशालामा कसरी यो ‘ब्रजिलियन’ अरिंगालले क्यान्सर कोषिकालाई मार्ने रहेछ ।

तर, जसरी यो चाखलाग्दो अध्ययन फेला परेको छ । त्यति नै मात्रामा यस सम्बन्धमा धेरै भन्दा धेरै काम गर्न जरुरी छ । र, यो औषधिले साँच्चिनै नै क्यान्सरका बिरामीहरुलाई लाभदायक हुन्छ कि हुन्न भनेर स्वास्थ्य परीक्षण गर्न जरुरी छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित