सरकारी स्वास्थ्य बीमामा गोलमालको आशंका बीमाको नाममा ठगिएको सेवाग्राहीको गुनासो

इनरुवा / सरकारी स्वास्थ्य बीमाको नाममा ठगिएको सेवाग्राहीहरुले गुनासो गरेका छन् । जिल्ला अस्पताल इनरुवामा रहेको इनरुवा फार्मेसीले औषधीको नाममा ठगिने गरेको इनरुवाका सेवाग्राही सुनोज निरौलाले गुनासो गरेका छन् । जिल्ला अस्पताल इनरुवा सुनसरी स्थित रहेको इनरुवा फार्मेसीले नेपाल सरकार स्वास्थ्य बीमा बोर्डको बिलमा औषधिको नाम मात्रै लेख्ने गरेको र बिलमा केहि पनि उल्लेख नगर्ने गरेको पाइएको निरौलाले बताए ।

जिल्ला अस्पताल इनरुवा सुनसरीको सेवा बारे गुनासो गर्दै उनले भने नेपाल सरकारले सर्वसाधारणको सेवा लागि गरिएको स्वास्थ्य बीमाको नाममा सेवाग्राही ठगिने काम भएको बताए । सरकारी अस्पतालको सेवाका साथै कर्मचारीको मनोमानी बढेको बताउदै सेवाग्राही निरौलाले व्यवस्थित गर्न माग गरे । पढेलेखेका युवा पनि ठगिनु भनेको नपढेलेखेका सेवाग्राहीहरु लाई के गरेको होलान् ? उनले प्रश्न गरे ।

जिल्ला अस्पताल इनरुवाको फार्मेसी व्यवस्थित नभएको उद्योग वाणिज्य संघ इनरुवाका सचीव गिरिराज अटल बताउछन् । अटलका अनुसार केहि दिनअघि इनरुवा फार्मेसी बाट औषधि लिन जादा सोही दिन बिल नदिएको बताए । उनले औषधि लिएको दिन बिल नदिई अर्को दिन लिन आउनु भन्दै कर्मचारीले भनेको तर आफू लिन नगएको बताए । जिल्ला अस्पताल इनरुवा अस्पतालमा फार्मेसीको कारोबार व्यवस्थित गर्नुपर्नेमा उनले जोड दिएका छन् । जिल्ला अस्पतालको सेवा लाई थप व्यवस्थित गर्नुका साथै कर्मचारीले सेवाग्राही संग सभ्य तरिकाले प्रस्तुत हुन आवश्यक भएको उनको भनाइ थियो ।

केही अघि इनरुवाका सिताराम पौदार लाई सेवा लिन जादा करिब आधी घण्टा प्रतीक्षा गराएर समेत औषधि छैन भनेर फर्काएको अटलले बताए । दिन–प्रतिदिन सरकारी स्वास्थ्य सेवाप्रति जनमानसमा अविश्वास बढ्दै गएको सेवाग्राहीले गुनासो गरेका छन् । जति अविश्वास गरे पनि बाँच्नका लागि नगई नहुने ठाउँ अस्पताल भएपछि कसको के लाग्छ ? सरकारले तोकिदिएको शुल्क बमोजिम अस्पतालहरूले शुल्क लिएका छन्/छैनन्, काम गरेको छ/छैन भन्ने निष्पक्ष निगरानी हुनुपर्नेमा यहाँका सेवाग्राहीले माग गरेका छन् । यता यसबारे प्रतिक्रिया लिन खोज्दा जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीकी प्रमुख बिना शाक्यले यस विषयमा मलाई थाहा छैन फार्मेसीसंगै सोध्नु भन्ने गैरजिम्मेवार प्रतिक्रिया दिईन ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित