घरेलु तरिकाबाट सुन्दर हुने पाँच तरिका

मानिसकाे साैन्दर्य सुरूमा अनुहारबाट झल्कन्छ। व्यक्तित्व वयान गर्न पनि अनुहारकाे भुमिका महत्वपुर्ण हुन्छ। सुन्दर देखिन मानिसहरू गोरो र चम्किलो अनुहार बनाउन सधै प्रयत्नहरू गर्छन्। मानिसहरू हजाराै रूपैया खर्चिएर अनुहार सुन्दर बनाउने धाउन्नमा लागेका हुन्छन् तर केही यस्ता घरेलु उपायहरू छन, जसले अनुहार सुन्दर बनार्इ तपार्इकाे व्यक्तित्व निर्माणमा भुमिका खेल्दछ।

१. मह-

अनुहारमा दिनहुँ मह दलेर धुने गरेमा छाला नरम तथा चम्किलो बन्ने गर्छ। महले छालालाई सुख्खा हुनबाट जाेगाउनुका साथै अनुहारमा संक्रमण हुनबाट पनि जाेगाउँछ।

२.कागतीको रस –

कागतीको नियमित सेवन’ मानिसको स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ। कागतीमा प्रशस्त मात्रामा भिटामिन सी लगायतका तत्व पाइन्छ। कागतीको रस अनुहारमा नियमित लगाएर अनुहार सफा गर्दा अनुहारका डण्डीफोर, धब्बा तथा अनुहारको चिल्लोपना समेत हटाछ।

३. अण्डा –

अण्डाको सेतो भाग अनुहारमा दल्नाले अनुहारको छाला सुख्खा हुनबाट बचाउँछ भने पहेँलो भागले छालालाई चम्किलो र मजबुत बनाउँछ।

४. स्ट्रबेरी-

स्ट्रबेरीमा पर्याप्त भिटामिन सी, एन्टिअक्सिडेन्ट तथा एक्सफोलियन्ट लगायतका तत्व पाइन्छ। स्ट्रबेरीलाई पिँधेर लेदो बनार्इ अनुहारमा दलेमा यसले अनुहारको छालालाई नरम र चम्किलो बनाउन सहयाेग पुर्याउछ।

५. केरा –

केराको बोक्रा छोडार्इ पिँधेर अलिकति मह मिलार्इ अनुहारमा लगाएर दश मिनेटपछि सफा पानीले धुने गर्नाले पनि छालामा चमक आउँछ।

प्रतिक्रिया

सम्बन्धित