जेसीज सप्तहा अन्तर्गत स्कूलमा दन्त शिविर

माेरङ / ‘जेसीज सप्ताह’ अन्र्गत बुधबार विराटनगर जेसीजले निःशुल्क विद्यार्थीहरूको दन्त शिविर आयोजना गरेको छ । विराटनगरस्थित जेसी बाल सेवा सदनमा स्कूलमा अध्यनरत विद्यार्थीहरूको लागि दन्त शिविर आयोजना गरिएको हो ।

उक्त शिविरमा एक हजार विद्यार्थीले स्वास्थ्य लाभ लिएको कार्यक्रम संयोजक अमित शर्माले जानकारी दिनुभयो । विद्यार्थीको दन्त परीक्षण डा रबि आचार्यले गर्नुभएको थियो । पाँच दिन यता देखि दैनिक जस्तो विराटनगर जेसीजले विभिन्न कार्यक्रम गर्दै आएको अध्यक्ष सेवक बजगाईले बताउनुभयो । उहाँका अनुसा आउँदो शुक्रबार विराटनगर जेसीज भवनमा भव्य कार्यक्रम आयोजना गरि सप्ताह समापन हुनेछ । शिविरको प्रमुख अतिथी जेसीजको पूर्व अध्यक्ष गोपाल गुप्ताले गर्नुभएको थियो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित