इटहरीका मेयर स्कुलको छडके निरीक्षणमा पुगेपछी…

इटहरी उपमहानगरका मेयर द्ववारिकलाल चौधरी विहान साढे ११ वजे इटहरी खनार स्थित शारदा उच्च मावि पुग्नुभयो । सरासर कक्षा ९ मा जानुभयो । एक जना शिक्षिका विज्ञान विषय पढाउदै हुनुहुन्थ्यो । एक जना विद्यार्थीलाई उहाँले H20 भनेको के हो ? सोध्नुभयो । विद्यार्थीले पानी भने धन्यवाद भन्नुभयो । मेयरले ch3 भनेको के हो ? अर्का विद्यार्थीलाई सोध्नुभयो । विद्यार्थी अकमकाए । शिक्षिकाले भन्नुभयो सर यो पाठ त पढाएकै छैन । मेयर चौधरीले विद्यालयका शिक्षक कर्मचारीको हाजिरी नीरिक्षण गर्नुभयो । दशकक्षा सम्म ८सय ५ जना विद्यार्थी रहेको सो स्कुलमा २५ जना शिक्षक कर्मचारी रहेकोमा दुइजना विदामा र एक जना अनुपस्थित रहेको पाइयो । विद्यालयका प्रधानाध्यापक कमल प्रसाद सापकोटाले जानकारी गराएरै एकजना अनुपस्थित रहेको वताउनुभयो । सो स्कुलमा तीन दिन अघिमात्र विद्युतीय हाजिरी सुरु गरेको पाइयो ।

शारदा उच्च मावि खनारको छडके नीरिक्षण पछि मेयर चौधरी इटहरीकै पुरानो जनता स्कुल तर्फ लाग्नुभयो । स्कुल प्रवेश गर्ने ठाँउमा स्लाव वनाएर अपाँङ्गमैत्री वनाइएको पाइयो । विद्युतीय हाजिरी र सीसी क्यामरा प्रयोग गरेको र विद्यार्थीहरुको मूल्याँकन गर्ने गरिएको पाइयो । त्यहाँ ३२ जना शिक्षक भएकोमा दुई जना काजमा र तीन जना विदामा पाइयो । जनता स्कुलको पनि कक्षा ९ मा प्रवेश गरेर मलाई जान देउ लाई अग्रेजीमा भन त भनेर सोध्नुभयो तर कुनै पनि विद्यार्थीले सहि जवाफ दिन सकेनन । जनता माविको एउटा कक्षामा स्कुलका ब्यवस्थापन समितिका अध्यक्ष काँशी दंगाल स्वँय पनि १० कक्षामा लिदै गरेको भेटिनुभयो ।

उहाँका अनुसार विद्यालयमा शिक्षक अनुपस्थित भएका वेला कक्षा खाली हुन नदिने गरिएको छ । विद्यार्थीहरुले फुर्सद नाम गरेको एउटा कापी ल्याउदा रहेछन । जसमा कुन दिन कुन शिक्षक कक्षामा आउनुभएन मिति सहित लेखेर आफूले त्यो खाली रहेको कक्षामा के पढेको हो त्यो फुर्सद कापीमा उल्लेख गनुपर्ने र त्यो कापी विद्यालय ब्यवस्थापन समिति अध्यक्ष दंगालले मात्र चेक गर्नुहुदो रहेछ । इटहरीका मेयर द्वारिकलाल चौधरीले इटहरीका विद्यालयहरुको छडके नीरिक्षण जारी राख्ने वताउनुभयो । विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि छडके नीरिक्षण थालेको जनाउनुभयो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित