सुन्दर अनुहार भित्र लुकेको डरलाग्दो अपराध, यसकारण मार्न लगाइन आफ्नो श्रीमान र ४ बच्चाहरुलाई


राजस्तान । भारत राजस्तानको शिवजी पार्क स्थित एकै परिवारमा ५ जनाको हत्या भएको छ । बनवारी लाल शर्मा र उनका चार बच्चाहरुको हत्या आफ्नै श्रीमती सन्तोषले प्रेमी हनुमान चौधरीसंग मिलेर दुइ गुण्डालाई सुपारी दिइ हत्या गराएकी थिइन ।
हत्यारा श्रीमती, प्रेमी र दुइ हत्यारालाई पुलिसले पक्राउ गर्न सफल भएको छ । अल्वारका एसपी राहुल प्रकासका अनुसार, जव श्रीमान बनवारी लाल शर्मालाई श्रीमतीको अर्को पुरुषसंगको प्रेम रहेको थाहा पाए तव उनले त्यसो नगर्न र बाल बच्चाहरु भएको सम्झाए तर श्रीमती परपुरुषको प्रेममा अन्धो भइसकेकी थिइन । उनले आफ्नो प्रेमीसंग मिलेर श्रीमान लगायत आफ्नो बच्चाहरुलाई पनि सिध्याउने योजना बुनिन । यहि अपराध गर्नको लागी प्रेमीसंग मिलेर दुइजना गुण्डालाई पैसा दिएर हत्या गर्न लगाए ।
घटनाको दिन श्रीमतीले आफ्नो श्रीमान र चार बच्चाहरुलाई खानामा नसा मिलाएर खुवाए । जव नसाले ५ जना नै गहिरो निन्द्रामा निदाए तव हत्यारालाई घरमा बोलाएर हत्या गरे । यो सब घटना भइसक्दा पनि हत्यारा को हो भन्ने पुलिस र गाउलेलाई थाहा भएन । अनुसन्धानमा रहेको स्थानीय पुलिसलाई तव शक लाग्यो जव मृतकको दाहसंस्कार पश्चात सन्तोष आफ्नो माइत गइन र उनकी प्रेमीसंग फोनमा कुरा गर्न थालिन। यो सुचना पाए पछी पुलिसले थप चनाखो हुदै अनुसन्धानलाई अगाडी बढायो । त्यसपछि सन्तोषको प्रेमीसंगको सम्बन्ध पुलिसले पत्ता लगायो र हिरासतमा लियो । दुवैलाई हिरासतमा लिएर पुछपाछ गरे पछी दुवैले हत्याकाण्डको स्वीकार गरे । शिवजी पार्कस्थित भाडाको घरमै श्रीमतीले प्रेमीसंग मिलेर श्रीमान र ४ बच्चाहरुको एकै ठाउँ हत्या गरेको थियो गत ३ अक्टोबरको दिन । बिहान ६ बजे उनीहरुको शव रगताम्मे ओछ्यानमा भेटिएको थियो । जवकी अर्को कोठा मै श्रीमती सन्तोष र उनकी बहिनि सुतिरहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित