मानिसलाई बिरामी बनाउने भाइरस कुन समयमा बढी सक्रिय हुन्छ?

भाइरस अन्य समयको तुलनामा बिहान १० गुणा सक्रिय हुने एउटा पछिल्लो अध्ययनले देखाएको छ । भाइरसले विहान संक्रमण गरेमा अन्य समय भन्दा १० गुणा बढी सफल हुने युनिर्भसिटी अफ क्याम्ब्रिजको अध्ययनमा उल्लेख छ ।

शरिरको जैबिक घडीमा हुने असरले संक्रमणको जोखिम बढ्ने मुसामा गरिएको सो अध्ययनमा उल्लेख छ । अध्ययनले भाइरसको महामारी रोक्न एउटा नयाँ उपाय प्रदान गर्ने अनुसन्धानकर्ताहरुले विश्वास गरेका छन् ।

अध्ययन अनुसार विहान इन्फ्लुयन्जा संक्रमित मुसामा साँझ संक्रमित भएको भन्दा १० गुणा बढी भाइरसको मात्रा देखिएको थियो ।
‘यो निकै ठूलो अन्तर हो,’ अध्ययन टोली सदस्य अखिलेश रेड्डीले भने ।

‘भाइरसलाई पनि संक्रमण गर्न उचित समय चाहिँदो रहेछ । नत्र भने ऊ गतिशिल हुन सक्दो रहेनछ । तर सानो भन्दा सानो संक्रमण बिहान सक्रीय हुन्छ र बिहान भाइरसले शरिरलाई छिट्टै नियन्त्रणमा लिन्छ,’ उनले भने। अध्ययनले रोगका महामारी नियन्त्रण गर्न सहयोग गर्ने उनले विश्वास गरे ।

‘महामारी भएको क्षेत्रमा बिहान भन्दा दिउसो बस्दा संक्रमणको खतरा घट्ने र मृत्युबाट बच्न सकिन्छ,’ उनले भने । जनावरहरुको जैबिक घडी परिवर्तनको अर्थ शरिरले भाइरस संक्रमणका लागि प्रोत्साहन गर्नु वा निम्तो दिनु भएको अध्ययनले देखाएको छ ।

अध्ययन समूहका अर्का वैज्ञानिक र्याचल इडगार भन्छन्, ‘सिफ्टमा राती काम गर्नेको शरिरको जैविक घडी बिथोलिएको हुन्छ । उनीहरुलाई भाइरल रोगको जोखिम बढ्छ ।’ अनुसन्धानकर्ताले अध्ययनमा केबल दुई ओटा भाइरसको प्रयोग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित