मधुमेहरोगको बारेमा सचेतना फैलाउदै विपी प्रतिष्ठानका चिकित्सकहरु

सुनसरी / बालबालिकाहरुमा वढ्दो मोटोपानका कारण मधुमेह देखीन थालेपछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले सचेतना कार्यक्रम सुरु गरेका छन् ।
विश्व मधुमेह दिवसको अवसर पारेर प्रतिष्ठानको मेडिसिन विभागमा कार्यरत चिकित्सकहरुले विभिन्न स्कुलमा पुगेर रन फर अ हेल्दि लाइफ नामक सचेनता कार्यक्रम सूरु गरेका हुन् ।
बाल बालिकाहरु मोवाईल , कम्प्युटर मा धेरै व्यस्त हुने गरेको कारण शारिरिक व्यायाम नहुने हुदा अनिहरुमा मोटोपना वढे सगै मधुमेह देखा पर्ने गरेको कारण आफुहरुले रन फर अ हेल्दि लाइफ कार्यक्रम सुरु गरेको प्रतिष्ठानको मेडिसिन विभागमा कार्यरत मधुमेय रोग विषेशज्ञ प्राध्यापक डाक्टर रविन मास्केले जानकारी दिए ।

पहिलो चरणमा प्रतिष्ठान हाता भित्र रहेको देल्लि पब्लिक स्कुलमा कक्षा १ देखी १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई रनमा सहमागी गराइएको डाक्टर मास्केले वताए । उनिहरुलाई रनिङ सगै मधुमेह रोग लाग्ने तरिका , बच्ने उपाय का बारेमा समेत जानकारी गराइएको वताए । सो अवसरमा ३५ जना बाल बालिकाहरुको मधुमेय चेक गरिएको र ३ जनामा मधुमेहको मात्र वोर्डर लाईन देखिएको जानकारी दिए । रनिङमा सहभागी बालबालिकाहरुलाई प्रमाण पत्र तथा मेडल समेत प्रदान गरिएको थियो ।

मेडिसिन विभागले यस अघि पनि विश्व मधुमेह दिवसको अवसर पारेर ओपिडीमा आएका विरामीको लागी निशुल्क चेक जाच गरेको थियो । यो पटक नोभेम्बर १४ मा परिवार र मधुमेह नाराका साथमा मनाइएको थियो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित