बीपी प्रतिष्ठानमा नवजात शिशुकाे मृत्यु
सुनसरी / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टरकाे लापारबाहीका कारण नवजात शिशुको मृत्यु भएको छ । धरान ११ का पीडित श्रीमान विक्रम राईले प्रतिष्ठानका चिकित्सक तथा नर्सहरुका लापारबाहीका कारण आफूले नवजात शिशुलाई गुमाउनुपरको बताएका छन् । साथै उनले बच्चाकाे अामाकाे अवस्था गम्भीर भएको बताएका छन् । मंंसिर ४ गते प्रतिष्ठानको प्रसुति विभागमा भर्ना गरेका राईले चिकित्सकले ५ गते विहानमात्र व्यथा लाग्ने औषधि दिएको बताए ।
उनले दिउसो ४ बजे श्रीमति राईलाई लेवर रुममा लगिएको बताउदै शुरुमा आमा र बच्चाको अवस्था नाजुक भएको भनिए पनि तीन घण्टापछि बच्चाको धड्कन कम भएको र आमालाई समेत बहोसी अवस्थामा बाहिर निकालिएको पीडित राईले बताए ।
भारतीय सेनामा कार्यरत राईको १७ बर्षका एक सन्तान छन् । १७ बर्षपछिको दोस्रो सन्तान जन्माउने चाहना समेत तुहिएको छ । पीडित श्रीमान राईले प्रतिष्ठानका चिकित्सक तथा नर्सहरुका लापारबाहीका कारण आफूले नवजात शिशुलाई गुमाउनुपरको बताए । उनले श्रीमानको अवस्थासमेत गम्भीर भएको र अहिल आइसियुमा राखको बताउदै अहिल श्रीमतिको होस भने खुलिसकेको बताए ।
यस विषयमा प्रतिष्ठानका सहायक अस्पताल निर्देशक विकास साहले लापारबाहीका कारण शिशुका मृत्यु नभएको दावी गरे । उनले गर्भवती राईलाई नर्मल बनाउन लगाएको औषधि प्रयोग गरेको ६ घण्टापछि व्यथाले च्यापेन भनेमात्र अप्रेशन गर्नुपर्ने हुन्छ तर तीन घण्टामै उनको पाठेघर फुटेका काण समस्या भएको बताए । जसले गर्दा हतार हतार अप्रेशन गरेर आमालाई बचाउन सफल भएको बताए । चिकित्सकको ठूलो सावधानीले आमाको मृत्यु हुनबाट जोगाइएको उनको भनाई छ ।
प्रतिक्रिया