क्यान्सर पीडित सुरजलाई ईजराईलबाट बास्कोटाकाे सहयोग

तेह्रथुम / जिल्लाको म्याङलुङ नगरपालिका ४ पिल्लेका क्यान्सर पिडित १४ वर्षीय सुरज खत्रीको उपचारका लागी युबा समाजसेवी देब बास्कोटाले सहयोग गर्नु भएको छ । पीडित खत्रीलाई तेह्रथुम घरभई हाल इजरायलमा रहनु भएका समाजसेवी देव बास्कोटाले सहयोग रकम १२ हजार रुपैयाँ उपलब्ध गराउनु भएको हो । सहयोग रकम बिरामिको दाजु सुजन खत्री लाई रेडियो मेन्छयायेम १०३.४ मेघाहर्ज तेह्रथुमका सहायक स्टेसन मेनेजर टीआर सुब्बाले हस्तान्तरण गर्नुभएको छ ।

समाजसेवी बास्कोटाले विभिन्न आर्थिक समस्यामा परेका बिरामीहरूलाई प्रवास बाटै सहयोग गर्दै आउनु भएको छ । बास्कोटाले सहयोग तथा विभिन्न समाजिक कार्य ३५ लाख बढी सहयोग विभिन्न क्षेत्रमा गर्नुभएको छ । कक्षामा रहेको डेक्समा घुडा ठोकिएको एक महिना पछि सुरजलाई क्यान्सर भएको बताइएको छ । पिडितको उपचारमा ६ लाख बढी खर्च लाग्ने पारिवारिक स्रोतले जनाएको छ । पिडित सुरजले अस्पतालको शैयाबाट घरको आर्थिक अवस्था कम्जोर छ, उपचारमा समस्या हुन सक्ने भएकाले अपाङ्ग हुनबाट बचाउन सम्पूर्ण नेपालीहरूलाई अनुरोध गर्नुभएको छ ।

उनको अहिले भरतपुर चितवनमा उपचार हुदैछ । पिडितको आर्थिक अवस्था कम्जोर भएकाले उपचारमा सहयोग गर्नका लागि वडा कार्यालय, म्याङलुङ नगरपालिका र जिल्ला प्रशासन कार्यालयले समेत सिफारिस गरेको छ । सहयोगीहरूले सानिमा बैंकमा रहेको चन्द्र माया खत्रीको खाता नम्बर ०१६००००१६८८० मा सहयोग रकम जम्मा गर्न गरी सहयोग गर्न परिवारले अनुरोध गरेका छन ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित