अर्कै महिला संग विवाह गर्न लागेपहि प्रेमिको हत्या गरि मासुको भोज


प्रेममा पागल हुने हरु कति सम्म पागल हुँदा रहेछ भन्ने उदाहरण एक जना अमेरिकी महिलाले दिएकि छिन । उनले आफ्नो पाकिस्तानी प्रेमीको अर्कै महिला संग विवाह गर्न लागेको थाहा पाएपछि उनको हत्या गरेर उनको मासु भोज खुवाएकी थिइन् ।
समाचाका अनुसार ती महिलाले आफ्ना प्रेमीको हत्या गरि उनको शरिरका भागहरु संयुक्त राज्य इमिरेट्समा कार्यरत पाकिस्तानी श्रमीकहरुलाई पकाएर खुवाएकि थिइन् ।

ती महिलाले आफ्ना प्रमीको तीन महिनाअघि हत्या गरेकी थिइन् । त्यसको पत्तो भने हालसालै मात्र उनको ब्लेन्डरमा मानव दाँत भेटेपछि मात्र थाहा भएको थियो । उनले प्रहरी सामु उक्त घटना लाई आफ्नो पागलपन लाई स्वीकार गरेको त्याहाँको सरकारी पत्रिका द न्यासनलले लेखेको छ । ३० वर्ष आसपासकी ती महिलाले एउटा लामो अनुसन्धान र त्यसपछि अदालतको सामना गर्नुपर्ने छ । मृतक व्यक्ति उनी सात वर्ष देखिको प्रेम सम्बन्धमा थिइन् । द न्यासनलले लेखेको छ, उक्त व्यक्तिले मोरक्कोकै अर्कि महिला संग विवाहको तयारी गरिरहेको जनाएपहि हत्या गरेको बताएकी छिन् ।

प्रहरीले उनको हत्या कसरी भएको भन्ने नखुलाए पनि ती व्यक्तिका अंगहरु भात र मासुको मिश्रीत परम्परागत परिकार तयार गरेर आसपासमा काम गरिहेका पाकिस्तानी कामदारलाई खुवाएको बताइएको छ ।

विविसिले दिएको विवरण अनुसार पिडकका भाईले उनलाई ओमनको सिमा नजिकैको अल अलिनस्थित सहरमा रहेको घरमा खोज्न गएपछि ब्लेन्डरभित्र दाँत फेला पारेका थिए ।

उनका भाईले आफ्ना दाजु हराईरहेको उजुरी प्रहरीमा दिएका थिए, जसले डि.एन.ए. परिक्षण गरेपछि उक्त दाँत हराईरहेका भनिएका उनका दाजुकौ रहेको पुष्टी भएको थियो ।

प्रहरीका अनुसार उक्त महिलाले पहिले मृतकका भाईलाई घरबाट निकालिदिएको बताएकी थिइन् । तर दुवईस्थित गल्फन्युजले प्रहरी अनुसन्धानका क्रममा पछि हत्या स्वीकारेकी थिइन् ।

समाचार श्रोतका अनुसार उनले आफ्ना साथिहरुको सहयोगमा उक्त अपार्टमेन्ट सफा गरेकी थिइन् । ती महिलालाई मानसिक जाँचका लागि अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित