थाङ फाउण्डेशन नेदरलेण्डद्वारा झापाका २१ विद्यालयलाई सहयोग

बाह्रदशी / नेदरलेण्डमा रहेको थाङ फाउण्डेशन र कथालय नेपालले बाह्रदशी गाउँपालिकाका–७ को विद्यालयसहित झापाका २१ विद्यालयलाई पुस्तकालयका लागि आवश्यक सामग्री प्रदान गरेको छ ।

फाउण्डेशनको टोलीले बाह्रदशी–७मा रहेको गौरीशंकर माविसहित फूलवारी र जनविकाससहित ७ वटा विद्यालयलाई कक्षाकोठामा राख्न मिल्ने ‘बुक व्याग’ प्रदान गरेको हो । विद्यार्थीमा पाठ्यपुस्तकको ज्ञान बाहेक अतिरिक्त ज्ञान आर्जनका लागि सहयोग पु¥याउने उद्देश्यले ५० वटा विभिन्न पुस्तक राखिएको ३÷३ थान व्याग विद्यालयलाई प्रदान गरिएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेशकुमार झा र प्रधानाध्यापक लेखनाथ कटुवाललाई विद्यालयमा सोमवार आयोजित कार्यक्रमकाबीच ‘बुक व्याग’ हस्तान्तरण गरिएको हो । थाङ फाउण्डेशन नेदरलेण्डका प्रमुख मार्लिन फिचर भरब्रुज, सद्भावना राजदूत मार्क जेनसन, नेपाल च्याप्टर समन्वयकर्ता मोहनविक्रम श्रेष्ठले बुक व्याग प्रदान गरेका थिए ।

कथालय नेपालका प्रबन्ध निर्देशक राजिवधर जोशीका अनुसार थाङ फाउण्डेशनले नेपालमा रहेका विद्यार्थीलाई पढ्ने बानीको विकास गराउन नेदरलेण्डका नागरिकले खुला पुस्तकालयका लागि सहयोग गरेको बताए । विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले नमूना परीक्षणको क्रममा विद्यालयलाई खुला पुस्तकालयका लागि बुक व्याग प्रदान गरिएको र दोस्रो चरणमा शिक्षकलाई समेत तालिम प्रदान गर्ने र बाल मनोविज्ञानमा आधारित भएर शिक्षण सिकाइमा प्रभावकारिता ल्याउन सहयोग पु¥याउने बताए । कार्यक्रममा स्वागत गर्दै प्रधानाध्यापक कटुवालले नेदरलेण्डका नागरिकले नेपालको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि देखाएको सद्भावको प्रशंसा गर्दै विद्यालयलाई प्रदान गरिएको बुक व्यागका माध्यमबाट विद्यार्थीको पढ्ने र बुझ्ने क्षमतामा वृद्धि हुने बताए ।

बाह्रदशी गाउँपालिका उपाध्यक्ष रत्नाकुमारी राजवंशीले गाउँपालिकामा सञ्चालित विद्यालयमा विदेशी नागरिकले चासो देखाएर यस खाले कार्यक्रम प्रदान गर्नु आफैंमा खुशीको विषय भएको बताइन् । उनले भनिन्– स्थानीय सरकारले गर्नुपर्ने काम दातृ निकायले सहयोग गरेर सञ्चालन गर्दा आफैंलाई अप्ठ्यारो महशुस भए पनि शैक्षिक गुणस्तर सुधारमा यो कार्यक्रमले टेवा पुग्नेछ ।

कार्यक्रममा बोल्दै स्रोतव्यक्ति छविलाल बस्नेतले बाह्रदशी गाउँपालिकाका ७ वटा विद्यालय छनौट गरी खुला पुस्तकालयका लागि प्रति व्याग ५० पुस्तकसहित विद्यालयलाई प्रदान गर्नु आफैमा सुखद् पक्ष रहेको बताए । स्रोतव्यक्ति बस्नेतका अनुसार बाह्रदशीका पञ्चमणि, पशुपति, भगवती र अमृत माविलाई यो कार्यक्रम प्रदान गरिएको हो ।

विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि थाङ फाउण्डेशन र कथालय नेपाललाई धन्यवाद दिँदै विद्यालय व्यवस्थापन अध्यक्ष झाले शिक्षकलाई समेत सृजनशील र रचनात्मक बन्न मद्दत पुग्ने बताए ।

टोलीले कक्षाकोठामै गएर विद्यार्थीसँग कुराकानी गर्दै आगामी दिनमा पनि विद्यार्थीको सिकाइका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो । विद्यालयमा आयोजित कार्यक्रममा नेपाल सरकारको एसएसडीपी कार्यक्रम अन्तर्गत कक्षा १देखि कक्षा ५सम्म अनिवार्य बुक कर्नरको अवधारणा अनुरुप पुस्तकसहितको व्याग प्रदान गरिएको थाङ फाउण्डेशनका को–अर्डिनेटर मोहनविक्रम श्रेष्ठले जानकारी दिए ।

समारोहमा बाह्रदशी गाउँपालिका वार्ड नं. ७का वडाध्यक्ष मित्रराज भट्टराई, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष देवेन्द्रप्रसाद चम्लागाई, शिक्षक अभिभावक संघका अध्यक्ष श्यामप्रसाद रिजाल, शिक्षासेवी लक्ष्मी तिवारी, गुणरत्न उप्रेती लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक लोचनकुमार गुरागाईले गरेका थिए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित