देउसी भैलोबाट सङ्कलित रकम मिर्गाैला पीडितलाई

भद्रपुर / देउसी भैलो खेलेर सङ्कलन गरिएको रकम दुवै मिर्गाैला पीडित सम्झना बुढाथोकी (राउत) को उपचार सहयोगका लागि प्रदान गरिएको छ ।
शिवसताक्षी नगरपालिका–९ का युवाले देउसी भैलो खेलेर सङ्कलन गरिएको रु ५० हजार ५६५ आज सम्झनाको बुबा भुवन बुढाथोकीलाई हस्तान्तरण गरिएको हो ।

चिकित्सकले २७ वर्षीय सम्झानालाई चाडै मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने बताएको उनका बुबा भुवनले बताउनुभयो । हाल उहाँको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । सम्झनाको उपचारमा अहिलेसम्म रु २२ लाखभन्दा बढी रकम खर्च भइसकेको भुवनले बताउनुभयो । छोरीको उपचारमा सहयोग गरिदिनका लागि उहाँले सबैसँँग अपिल पनि गर्नुभएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित