गाईको गोबरबाट फेशनेबल ड्रेस तयार पार्ने महिलाले पाइन् अवार्ड

नेदरल्याण्डको एक कम्पनी गाईको गोबरबाट फेशनेबल ड्रेस बनाउन सफल भएको छ । जलिला एसाइदीले गोबरमा पाइने सेल्युलोज अलग्याएर पहिरन बनाउने तरिकाको खोजी गरेकी हुन् । गोबरबाट सर्ट र टप तयार गरिएका छन् । यो कम्पनीले गोबरको सेल्युलोजबाट प्लाष्टिक र कागज बनाउनमा समेत सफलता हाँसिल गरेको छ ।

एसाइदीका अनुसार यो भविष्यको फेब्रिक हो । गोबरलाई फोहोर, दुषित र गन्हाउँछ भन्दै यसको वरिपरि नै नबस्नेहरुका लागि एसाइदीको पहिरनले निकै चकित तुल्याएको छ । उनी भन्छिन्, ‘हामीले गोबरको सेल्युलोजमा लुकेको सुन्दरता संसारलाई देखाउनुपर्छ । ’

एसाइदी अहिले १५ किसानसँग मिलेर यो प्रोजेक्टमा काम गरिरहेकी छिन् । उनले यसवर्ष औद्योगिक स्तरमा मेन्योर रिफाइनरी युनिट सुरु गर्ने जानकारी दिएकी छिन् । यसका लागि उनले दुई लाख डलरको चिवाज भेन्चर एण्ड एचएण्डएम फाउन्डेशन ग्लोबल अवार्ड पनि पाएकी छिन् । एजेन्सी, नयाँपुस्ताबाट

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित