आफ्नो नाइटो काटेर उपहार दिने यी पागल प्रेमी


मेक्सिकोमा एक अनौठो घटना घटेको छ जुन कुरा तपाईलाई विश्वास नलाग्न सक्छ । मेक्सिकोको गुआडालाजाराकी एकजना युवतीले आफ्नो नाइटो काटेर प्रेमीलाई उपहार दिएकी छिन् । २३ वर्षकी पालिना क्यासिलास लेन्डरोस नाम गरेकी ती युवतीले आफ्नो प्रेमीलाई खुसी पार्नका लागि यसो गरेको बताइन् । उनले झण्डै तिन वर्षअघि आफ्नो नाइटो नै काटेकी रहेछिन् ।

परिवारको विरोधका बाबजुत जिउका धेरै ठाउँमा टाटु खेपेकी तथा जिब्रो पनि छेडेकी उनले प्रेमीकाको लागि नाइटो समेत काटिन् । तर यो उनले ब्यायफ्रेण्डकै अनुरोधमा काटेको पनि बताएकी छिन् । तर पछि उनीहरुको ब्रेकअप भयो । तर उनले यस्तो आफ्नो प्रेमको लागी बलिदान दिएपनि किन यस्तो भयो भन्ने कुरो अझै रहस्यमय रहेको छ ।

त्यसैगरी ती युवतीको नाइटो फ्याँक्ने अपरेशन निकै खतरनाक थियो । पछि संक्रमण भएर उनको झण्डै ज्यान समेत गएको तर उनले अहिले बल्ल आएर आफ्नो गल्तीको महसूस गरेकी बनाएकी छिन् । एजेन्सी

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित