एउटा म्यासेजले खोलिदियो डेढ वर्षकी बालिकाको हत्याको रहस्य, पढेर पुलिस नै दंग

एजेन्सी। इङल्याण्डको लंकाशायरमा एक टेक्स्ट म्यासेजले डेढ वर्षकी बालिकाको हत्याको रहस्य खोलिदिएको छ । मार्चमा डेढ वर्षकी एमिलीको शव उनको घरमै भेटिएको थियो । पुलिसले शंकाको आधारमा उनका मातापिता लरेन र रिसजलाई पक्राउ गरेको थियो तर लामो समयसम्म पुलिसले कुनै ठोस सबुत प्राप्त गर्न सकेन । हालै जब यी दुईको मोवाइल फोनका म्यासेजको जाँच गर्दा डरलाग्दो हत्याका सबै रहस्य खुलेका छन् ।

पुलिसलाई सबैभन्दा पहिले शंका बालिकाको बेड देखेर भएको थियो । यो बेडलाई एउटा पिंजडामा परिणत गरिएको थियो । सुरुमा उनकी आमाले यो बालिकाको सुरक्षाको लागि भएको भनेकी थिइन् तर केही समयमै वास्तविकता खुल्यो । जब बालिकाकी आमा लरेनको मोबाइलको म्यासेज हेरियो त्यसपछि त पुलिस नै दंग पर्यो । त्यहाँ बालिकामाथि गरिएका अत्याचारको पूरै विवरण थियो । एक म्यासेजमा लरेनले पतिलाई लेखेकी थिइन् ‘आज म घर फर्केपछि उसले मलाई टोक्न सुरु गरी । मैले उसको टाउको जोडले भित्तामा ठोकिदिएँ र कोठामा बन्द गरिदिएँ । मैले उसलाई ड्रग्स पनि दिएकी छु अब उ शान्त रहनेछ ।’ त्यसपछि उनको पतिको जवाफ आयो ‘त्यो सब मैले सम्हाल्छु । उसलाई कोठामै बन्द रख्नेछौं ।’

एमिलीको मृत्युभन्दा ३ दिन पहिले २० मार्चमा अर्को म्यासेज गरिएको थियो । एमिलीकी आमाले लेखेकी छिन् ‘उसलाई मैले फेरि खेलिरहेकी देखें । त्यसपछि मैले उसलाई कुटेर कोठामा बन्द गरिदिएँ ।’ पतिको जवाफ आयो ‘म फर्केर आउँछु त्यसपछि उसले थाहा पाउनेछ ।’अर्को म्यासेजमा एमिलीकी आमाले लेखेकी छिन् कि उनी यतिसम्म हैरान छिन् कि ट्रेनअगाडि हाम्फालेर मर्न चाहन्छिन् । त्यसपछि नले बालिकालाई हातखुट्टा बाँधेर बेडमा मुखको भरमा बाँधिदिएको लेखेकी छिन् । ठिक त्यस्तै गरी जसरी बालिकाको शव भेटिएको थियो । अदालतले यसलाई प्रमाण मान्दै पतीपत्नीलाई छोरीको हत्याको दोषी ठहर गरेको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित