अनिवार्य र तथा निःशुल्क शिक्षा सम्बन्धी ऐनको व्यवस्था छ : मन्त्री ढकाल

विराटनगर / कानून तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सरकारले निर्माण गरेको १६ वटा कानूनमा अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐनको ब्यवस्था गरिएको जानकारी दिएका छन् ।

विराटनगरमा आइतबार आयोजित कार्यक्रममा कानून मन्त्री ढकालले लामोसमय देखि पछि पर्दै आएको शिक्षा क्षेत्रलाई अझ सबल बनाउनका लागि राज्यले यथेष्ठ ध्यान दिने उल्लेख गरे । विद्यार्थीको उज्वल भविष्यका लागि शिक्षाको महत्वपूर्ण योगदान स्थापित गर्ने गरि सरकारले काम गरिरहेको उनको भनाइ छ । ढकालले विद्यालयको स्तर र विद्यार्थीको संख्या मापन गर्दै छात्रवृत्तिलाई बृद्धि गर्ने कार्यलाई सरकारले अघि बढाएको जानकारी दिए । छात्रवृत्ति बढाएको सन्र्दभमा अधिकांश विद्यालयहरुले आलोचना गरिरहेको बताउँदै मन्त्री ढकालले चित्त बुझाउन नसकिएका सबैकुरालाई समयसापेक्ष रुपमा तालमेल मिलाएर समस्याको समाधान गर्न लागि परिने स्पस्ट पारे ।

अझैपनि मुलुक संक्रमणकालमा रहेको हुँदा विद्यमान केन्द्र, प्रदेश र स्थानीय तहका कतिपय विषयमा अन्यौलता रहेको उनको भनाइ छ । मन्त्री ढकालले संघीयताको तीन तह कार्यान्वयनमा दुविधा देखिए पनि त्यसमा आवश्यक परिमार्जन र समयसापेक्ष निर्णयहरुसहित परिस्कृत गर्दै सरकार अघि बढ्ने जानकारी दिए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित