मुटु रोगीहरुका लागि ताप्लेजुङमा निशुल्क स्वास्थ्य शिविर सुरु

ताप्लेजुङ / मुटु रोग सहितका जटिल रोगहरुको जाँच तथा उपचारका लागि ताप्लेजुङमा आजदेखि दुई दिने निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । सेभ द हार्ट नामक संस्थाको प्राविधिक सहयोगमा सदरमुकाम फुङलिङमा आयोजित शिविरको स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा. सुरेन्द्र कुमार यादवले उद्घाटन गर्नुभयो ।

शिविरमा बरिष्ठ मुटु रोग विशेषज्ञ अनिल भट्टराई लगायत ईटालीका डाक्टर तथा विशेषज्ञद्धारा चेकजाँच तथा उपचार भईरहेको समेत बताईएको छ । यस्तै स्त्री रोग, हाडजोर्नी लगायतका विशेषज्ञ डाक्टर समेत रहेका छन् । विहानैदेखि सुरु भएको शिविरमा ताप्लेजुङ सहित छिमेकि जिल्लाका समेत गरि हज्जारौँ विरामीले उपचारका लागि नाम दर्ता गराएका छन् ।

मुटु, हाडजोर्नी, स्त्री रोगका जटिल प्रकृतिका विरामीलाई काठमाण्डौमा नै लगेर उपचार गरिने आयोेजकले जनाएको छ । यसरी काठमाण्डौमा लगेर उपचार गर्नु पर्ने अवस्थाका विरामी र विरामी कुरुवाको आउने जाने लगायत सम्पुर्ण खर्च आयोजकले नै बेहोर्ने आयोजक समितिका संयोजक अग्नी पौडेलले पौडेलको भनाई छ । ताप्लेजुङ निशुल्क स्वास्थ्य शिविर समन्वय समितिले शिविरमा आयोजना तथा व्यवस्थापन गरेको हो ।

यसैबीच उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा. सुरेन्द्र कुमार यादवले शिविरले ग्रामिण क्षेत्रमा रहेका असहाय तथा पिछडिएको वर्गलाई सहयोग पुग्ने बताउनुभयो । यस्तै मुलुकका हरेक अस्पतालहरुमा जुनसुकै जटिल प्रकृतिका रोगहरुको जाँच तथा उपचार सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्न र जनतालाई सहज रुपमा उपचारमा संलग्न हुने बातावरण तयार गर्न आफु लागि परिरहेको पनि उहाँले बताउनुभयो ।

यता सांसद योगेश भट्टराईले दुर्गम तथा पहाडी जिल्लाका सर्वसाधरण नागरिकलाई निशुल्क स्वास्थ्य शिविरले सहयोग पुग्ने बताउनुभयो । स्थानीय गरिव, असहाय तथा पिछडिएका नागरिकलाई नै लक्षित गरेर ताप्लेजुङमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न आफुले पहल गरेको उहाँको भनाई थियो । यस्तै जिल्लाको स्वास्थ्य क्षेत्रको सुधारमा समेत विशेष ध्यान दिने भट्टराईको भनाई छ । आज र भोली दुई चल्ने शिविरमा ४ हजार बढिले सेवा लिने अनुमान गरिएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित