संगीत साधना प्रतिष्ठान नेपाल इटहरीद्वारा पाठ्यक्रमको बिमर्श कार्यक्रम सम्पन्न

सुनसरी / संगीत साधना प्रतिष्ठान नेपाल इटहरीले संगीत शिक्षा सम्बन्धि पाठ्यक्रमको बिमर्श कार्यक्रम संगीत साधना प्रतिष्ठानको आफ्नै सभा हलमा सम्पन्न गरेको छ । कार्यक्रममा संस्कृतिविद अनुसन्धाता डा. भक्त राइले जनस्तरबाट राष्ट्रको गौरवको रुपमा ठडिन लागेको संगीत साधना प्रतिष्ठानले औपचारिक संगीत शिक्षाको सुरुवात गर्ने क्रममा रास्ट्रिय अन्तरास्ट्रिय संगीत बिज्ञानको अध्ययन , अध्यापन र अनुसन्धान संगै नेपालि संस्कृति र संगीतको मौलिकताकालागि पनि छलफल,बहस र अध्ययन अध्यापनको कार्य पनि संचालन गर्नु पर्ने व्यक्त गरेका छन् ।

संगीतकार संघ नेपालका महासचिव चर्चित संगीतकार पारस मुकारुंगले नेपालि संगीत संस्कृतिको बिशिस्टता र पहिचानलाइ अमर बनाउन नेपालिपन समेट्ने गरि पाठ्यक्रमको निर्माण गर्नु पर्ने बताए । प्रा.डा बद्रि बिशाल पोख्रेलले इटहरीले कला,सिर्जना र संस्कृतिको बिकाश र उत्थानकालागि आफ्नो कदम अगाडी बढाएको छ जुन अनुकरणीय छ भन्ने बताए ।

भूगोलविद प्राध्यापक उमानाथ रिजालले संस्कृति बिकास र बचाउकालागि भएको यो प्रयासलाइ राज्यको बिभिन्न तहले क्रमागत बिकाशको योजनामा समेट्नु पर्ने र यो निर्माणले ललितकलाका बिभिन्न विधालाइ समेटेर देशकै उत्कृष्ट ललितकला शिक्षालय बनाउन सबै लाग्नु पर्ने र स्तरीय पाठ्यक्रमको बिकाश गर्न तत्सम्बन्धि बिसेसग्यहरु सहित पुन बृहत्तर छलफल गर्नु पर्ने बताए । नेकपाका केन्द्रिय सदस्य निर्मल बरालले यो समग्र रास्ट्रको निधि भएको हुनाले शैक्षिक व्यवस्थापनको जटिलताकालागि उचित कानुन निर्माण र व्यवस्थापनकालागि राज्यसंग समन्वय गरि अगाडी बढ्नु पर्ने बताए । नागरिक समाज इटहरीका सचिव चिरहाङ्ग राइले यो निर्माण इटहरीको शान र मान भएको हुदा इटहरीवासी त झन् निर्माण सम्पन्न गर्न कम्मर कसेर लग्नु पर्ने बताएका छन् ।

कार्यक्रममा उपस्थित अरुण गाउपालिकाका अध्यक्ष गजेन्द्र कार्कीले यो निर्माणको परिकल्पना बुझ्दा संघ,प्रदेश र स्थानीय तहले सहयोग गर्न पछि पर्न हुन्न यो हामि सबै नेपालिको सम्पत्ति र गौरव हो तसर्थ आफ्नो गाउपालिकाको तर्फबाट निर्माण कार्यमा सहयोग प्रदान गरि भोजपुरका नौ वटै स्थानीय तहमा यो कुरा पुर्याई सहयोग संकलन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

संगीत साधना प्रतिष्ठान निर्माण समितिका संयोजक राजु केसीको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा केसीले सम्पूर्ण योजनाको २० प्रतिसत मात्र काम सम्पन्न भएको हुदा निर्माणकालागि अहिले सम्म सहयोग र सद्भाव प्रदान गर्नु हुने सम्पूर्णलाइ धन्यवाद दिदै जनस्तरको निरन्तर सहयोग बिना निर्माण अपूर्ण हुने र कानुनत टेक्ने मेलोमा संस्थागत एन २०३४ लाइ टेकेर संस्था निर्माण भए पनि यो बिशुद्ध संगीत शिक्षा प्रदान गर्ने योजनासंग सम्बन्धित भएको हुनाले कानुनि जटिलता र अप्ठ्यारोका विविध पाटोहरुको संदर्वमा १ नम्बर प्रदेशको कानुन मस्यौदा समितिका संयोजक रेवती भण्डारी र प्रदेशका शिक्षा हेर्ने मत्रालयका सामाजिक बिकाश मन्त्रि जीवन घिमिरेलाइ प्रदेशको कानुनि तहबाट सुल्झ्याउन आग्रह गरिएको बताए । अब चाडै नै संगीतको औपचारिक कक्षा संचालनको क्रममा रहेको हुनाले सम्बन्धित बिज्ञहरुसंग निरन्तर छलफलमा जुट्ने र संगीत प्रतिष्ठान निर्माणबाट सुरु गरिएको यो अभियानलाइ पछि ललितकलाका बिभिन्न बिषय समेट्न सक्ने बनाएर एउटा प्रतिष्ठित र गरिमायुक्त ललितकलाको शिक्षालय निर्माणको क्रममा जोड्ने बताए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित