‘श्रीमती हुँदा पनि हस्तमैथुन गर्न औधी मन लाग्छ, कतै यो रोग त हैन ?’

यौन चाहना र त्यसको पूर्तिको विषयमा जति कुरा गरेपनि कम हुन्छ । हरेक व्यक्तिमा फरक फरक किसिमको यौन चाहना हुने गर्दछ । कतिपयका लागि यो हस्तमैथुनले पुरा हुन्छ भने कतिपयलाई विपरित लिंगी साथीसँग यौनसम्पर्कमार्फत यो पुरा हुन्छ । अचम्म त के छ भने श्रीमती हुँदा हुँदै पनि हस्तमैथुन गर्ने पुरुषहरु पनि हामीकहाँ भेटिन्छन् । कतिपय अनुसन्धानहरुले यस्ता पुरुषसँग उनीहरुले यस्तो किन यसरी गर्छन् भनेर सोध्दा उनीहरुका फरक फरक जवाफ पाइन्छ । यतिमात्रै कहाँ हो र ? श्रीमतीसँग यौन सम्पर्क गरेकै दिन पनि कतिपयले एकछिन पछि हस्तमैथुन गर्ने गरेको पनि बताए ।

आखिर किन गर्छन् त यस्तो मानिसहरु ?

मनोचिकित्सकहरुका अनुसार यौन चाहना अत्यधिक हुने या पोर्नको लत भएका मानिसहरुलाई हस्तमैथुन भनेको चिया खाए सरह हो रे । अर्कोतर्फ हस्तमैथुन आफैमा लत पनि हो । हस्तमैथुनको लत भएका मानिसहरुका लागि श्रीमतीसँग यौन सम्पर्क गरेपनि फेरी हस्तमैथुन गर्ने चाहना हुन सक्छ । अर्कोतर्फ श्रीमतीसँगको यौन सम्बन्ध सुखद भएन या त्यसबाट मानसिक सन्तुष्टि नभएको अवस्थामा पनि मानिसले हस्तमैथुन गर्ने गर्दछन् । पछिल्लो समयमा भने बिभिन्न अश्लील सामग्रीहरु छ्याप्छयाप्ती भेटिने भएकोले त्यो हेर्ने बानी भएकाहरुले बढी हस्तमैथुन गर्ने गरेका छन् ।

एकजना चिकित्सकको अनुभव

मैले इन्टरनेटमा निकै पोर्न हेर्ने गर्छु । बिहा गरेको ३, ४ वर्ष भयो । श्रीमतीसँगको यौनसम्बन्धमा कुनै समस्या छैन । समय समयमा हामीले यौन सम्पर्क गर्ने गर्छौं । तर मलाई यही बीचमा अश्लील किसिमका कुराकानी हुने सामाजिक च्याट साइट हेर्ने बानी पर्यो । बिस्तारै मैले वास्तविक लाग्ने खालका पोर्न भिडियो पनि हेर्न थाले । श्रीमतीसँग यौन सम्पर्क गरेपछि उनी भने निदाउँछिन् । म कहिले त निदाउँछु तर कहिले भने निन्द्रा नपर्दा फेरी त्यही साइटहरु हेर्छु । अनि त्यहाँका उत्तेजित हुने किसिमका सामग्री हेर्दा मलाई उत्तेजना आउँछ । अनि सुतेकी श्रीमतीलाई उठाउनु भन्दा मैले हस्तमैथुन नै गर्ने गर्छु । मलाई यो गलत हो भन्ने लाग्छ, तर त्यस्ता साइट हेर्दा रोक्न सक्दिन रु

के असर पर्छ बढी हस्तमैथुनले ?

हस्तमैथुन त्यसो त नराम्रो मानिँदैन । पूर्वीय दर्शनमा यसलाई बल क्षय गर्ने क्रिया बताईपनि पाश्चात्य साहित्य र चिकित्सा विज्ञानले हस्तमैथुनलाई स्वभाविक मान्ने गर्दछ । तर अति भए खति हुन्छ भने जस्तै हस्तमैथुनको लत नै बसे भने यसले समस्या निम्त्याउन सक्छ । नियमित र बढी हस्तमैथुनको सबैभन्दाठूलो असर लिंगमा नै पर्छ । हस्तमैथुन बढी गर्ने मानिसको शीघ्र स्खलन हुने सम्भावना बढी हुन्छ । अर्कोतर्फ लिंगको फेदतिर जोडिने नसाहरु बढी तानिने भएकाले नसामा सुजन र दुखाई पनि हुन सक्छ । यस्तो दुखाई र सुजन चाँडै निको नहुन पनि सक्छ । प्रायजसो इन्टरनेटमा पोर्न साइड हेर्ने बानी परेकाहरुमा यस्तो नसा दुख्ने समस्या बढी हुने गर्दछ । किनभने नयाँ नयाँ भिडियो हेर्ने बानीले उनीहरुलाई छिटो स्खलन हुन दिन्न । उनीहरु एकपछि अर्को भिडियो हेर्न थाल्दा लिंग लामो समयसम्म उत्तेजित नै हुन पुग्छ । जसले नसाको समस्या देखिन सक्छ ।

के गर्ने ?

त्यसैले हस्तमैथुनलाई एउटा सीमामा राखेर गर्दा यसले समस्या गर्दैन । मुख्य कुरा यो लतको रुपमा विकास हुनु भएन । अर्कोतर्फ पोर्न साइट हेर्ने बानी बन्द गर्नु जरुरी छ । किनभने पोर्न साइटले श्रीमती या पार्टनरसँगको यौन सम्बन्धमा नै असर पर्छ । अर्कोतर्फ यसले मानसिकरुपमा समेत विकार र यौन सम्बन्धका बारेमा नकारात्मक धारणा विकास गर्छ । जनबाेलीबाट

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित