मृतक बालकका परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि आन्दोलन स्थगित

सल्यान / सल्यान अस्पतालमा डाक्टरको लापरवाहीका कारण ९ वर्षीय बालकको मृत्युपछि सल्यान अस्पतालमा भएको आन्दोलन स्थगित भएको छ । सल्यान अस्पतालले मृतक बालकका परिवारलाई क्षतिपूर्ति दिने सहमति भएपछि आन्दोलन स्थगित भएको हो । बागचौर नगरपालिका–७ कोटवारा निवासी भीमसेन वलीका ९ वर्षीय छोराको डाक्टरको लापरवाहीका कारण मृत्यु भएको भन्दै अस्पतालले क्षतिपूर्ति दिनुपर्ने मागसहित दिनभर सल्यान अस्पतालमा मृतकका आफन्तले आन्दोलन गरेका थिए ।

पीडित पक्ष र अस्पताल समितिबीच सम्बन्धित डाक्टरले गल्ती स्वीकार र रु एक लाख क्षतिपूर्ति उपलब्ध गराउने सहमतिपछि आन्दोलन स्थगित गरिएको हो । जिल्लाका विभिन्न सरोकारवाला, राजनीतिक दल र पीडित पक्षबीच बसेको बैठकले पछि अस्पतालले पीडित पक्षलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ । आगामी दिनमा अस्पतालले दिने सेवाहरु सुधार्दै प्रभावकारीरुपमा सञ्चालन गर्न अस्पताल प्रशासनलाई सचेतसमेत गराइएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित