दुनियाँ चकित हुने चीनको चमत्कार : कृत्रिम चन्द्रमा बनाएर अब चीन दिन रात नै उज्यालो ! (तस्विरहरू सहित)

काठमाडौं । नेपालको उत्तरी छिमेकी मुलुक चीन पछिल्लो सताब्दिको सबैंभन्दा तिव्र गतिमा विकास हुने देशहरुमा एक हो । चीनले विज्ञान र प्रविधिको क्षेत्रमा निकैं ठुलो सफलता हात पारेको छ । आज विश्व बजारमा चिनियाँ सामानको प्रभुत्व रहेको छ । यो बिचमा अब चीनले आफ्नो आकाशमा एक कृत्रिम चन्द्रमा बनाउने तयारी थालेको छ। यश चन्द्रमालाई सन् २०२० मा सिचुवान प्रान्तको चेङ्दुमा जमिनबाट ८० किलोमिटर माथि आकाशमा स्थापित गरिने भएको छ। उचाइ कम हुने भएकोले यो कृत्रिम चन्द्रमा खास चन्द्रमा भन्दा ८ गुणा ज्यादा चमकदार हुनेछ।

सडक बत्तीको विकल्प

सामान्यतया सडकहरुमा रातिको समयमा सोलार सिस्टम अथवा विद्युत्त जडान गर्ने गरिएको छ । तर चीनले विकास गर्ने यो प्रविधि भने यसको विकल्प बन्ने देखिएको छ । चेङ्दु एयरोस्पेस साइन्स एन्ड टेक्नोलोजी माइक्रोइलेक्ट्रोनिक्स सिस्टम रिसर्च इन्स्टिच्युटका प्रमुख वु चुनफेन्डका अनुसार कृत्रिम चन्द्रमाका कारण सडक बत्ती अभावको समयमा पनि समाधान हुनेछ। यस चन्द्रमाको उज्यालोले सडक बत्तीको पनि काम गर्नेछ। वुका अनुसार कृत्रिम चन्द्रमाबाट ८० किलोमिटर क्षेत्रमा उज्यालो पुग्नेछ। योजना असम्भव जस्तो लाग्नेबारे सोधिँदा वुले भने, ‘हामीले प्रविधिमा लामो समयदेखि काम गरिरहेका छौँ, अब यो परियोजना अन्तिम चरणमा पुगेको छ।’

मानिसलाई चिन्ता

हरेक कुराको फाइदा मात्रैं हुँदैन केही नोक्सान पनि उठाउनुपर्ने हुन्छ । त्यस्तैं यो विकासका पनि फाइदा मात्रैं रहेका छैनन केही नकारात्मक पक्षहरु पनि रहेका छन । जसका बारेमा कृत्रिम चन्द्रमालाई लिएर केही विज्ञ र सर्वसाधारणले भने चिन्ता जनाएका छन्। उनीहरूले यसको उज्यालोले जनावरमा नराम्रो असर पर्ने जिकिर गरेका छन्। उनीहरूले खगोलीय घटना हेर्न पनि समस्या हुने गुनासो गरेका छन्। हर्बिन इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रोफेसर काङ्ग विमिनले भने कृत्रिम चन्द्रमा एकदम चम्किलो नहुने र यो धमिलो प्रकाशयुक्त हुने जिकिर गरेका छन्।

यसभन्दा पहिले पनि प्रकाश दिने कृत्रिम वस्तु आकाशमा पठाउने कोशिश भएको थियो । तर यस्तो योजना असफल भएको थियो। यस्तो प्रयास सबैभन्दा पछिल्लो पटक रूसले सन् २०१७ मा गरेको थियो। १४ जुलाई २०१७ मा रूसले कजाकिस्तानको ब्याकोनुर स्पेसपोर्टबाट अन्तरिक्षमा सोयुज रकेटबाट एक बस्तु पठाएको थियो। यस बस्तुलाई चन्द्रमापछि सबैभन्दा चम्किलो भनिएको थियो। तर एक महिनामा नै यस परियोजनामा जोडिएका वैज्ञानिकले अन्तरीक्ष कक्षमा स्थापित हुन नसक्दा परियोजना बिफल भएको बताएका थिए। जनबाेलीबाट

प्रतिक्रिया

सम्बन्धित