एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज !

एजेन्सी । तपाईले पनि सुन्नु वा देख्नुभएको होला एयरपोर्टमा सेक्युारीटी वा क्यामराले यस्ता चीजहरु फेला पारेका हुन्छन् जसले आममानिसको होस उडाउँछ । कहिले काहिँ आफ्नो ब्यागमा ड्रग्स, बाघको बच्चा, बम जस्ता चीजहरुपनि समातिएका घटनाहरु भेटिएका छन् । यस्तै तलका केहि तस्बिरहरुमा देखिएका चीजहरु पनि एयरपोर्टमा चेक जाँचको क्रममा भेटिएका हुन् जुन निकै आश्चर्यलाग्दा छन् ।

तलको फोटोमा देख्न सक्नुहुन्छ कि कसरी यी दुई पति पत्नी आफ्नो बच्चाको लुकाएर लैजाँदै थिए । बच्चाको पासपोर्ट नभएको कारण बच्चालाई ब्यागमा लुकाएर लैजादैँ गर्दा समातिएका थिए । र उनीहरुलाई कारबाही गरिएको थियो ।

तपाईले तस्बिरमा देख्नुभए जस्तै एक व्यक्तिले मैनबाट बनेका १८ वटा मानिसका शिर लैजादैँ थिए । तर एयरपार्टमा सेक्युरीटीले यी व्यक्तिलाई समातेका थिए ।

तलको तस्बिरको मृत शरीरलाई तस्करीको लागि दुई महिला यो शरीरलाई लिएर पैसा कमाउन चाहान्थे तर यो एयरपोर्टमा भेटिएपछि उनीहरुलाई कारबाही गरिएको थियो ।

तलको फोटो चीनको एयरपार्टको हो । जहाँ एक व्यक्तिले आफ्नो शरीरमा आईफोन बाधेँर लैजादैथिए । तर यी पनि अन्तमा समातिए ।

यो फोटो अस्ट्रेलिया एयरपोर्टको हो । यी व्यक्तिसँग चारवटा बम थियो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित