जँहा पत्नीलाई पतिको जुत्ताको पानी खुवाइन्छ…

यो संसारमा यस्तो संस्कार छ ,जहा महिलाहरुले नचाइने संस्कार मानेर पीडा खेपीहरेका छन् । भारतको राजस्थानस्थित भिलवाँडा गाउँमा गाउँमा महिलाहरुलाई उनीहरुको लोग्नेको जुत्ताको पानी खुवाइन्छ । गाउँमा रहेको एक मन्दिरमा महिलाहरुलाई आफ्नो लोग्नेको जुत्तामा पानी भरेर खादा शौभाग्य प्राप्त हुने र महिलाको शरिरबाट भुत उत्रने बिश्वासले यो प्रथा रहेको छ ।

ती महिलाहरुलाई शरिरमा भुत पसेको आशंका भएपछि उनीहरुका लोग्नेसँगै मन्दिरमा लगेर लोग्नेले आफ्नो खुट्टाको जुत्ता फुकााल्छन् । त्यसपछि भूत भगाउने तान्त्रिकले हातमा उक्त जुत्ता लिएर भूत लागेको भनिएकी महिलाको जिउमा क्रूर ढंगले जुत्ताले कुट्दछन् । त्यसपछि महिलालाई उक्त जुत्ता मुखले टोकेर गाउँ घुम्न लगाइन्छ र अन्त्यमा उक्त जुत्तामा पानी भरेर पिउन लगाइन्छ । इताजाखबरबाट

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित