बच्चा नै नबस्ने गरी साधन बिना कसरी यौन सम्पर्क गर्न सकिन्छ ? डा. नुतनको सल्लाह ( भिडियाे )

पछिल्लो समय अशुरक्षित यौन सम्पर्कका कारण गर्भपतन गर्ने किशोरीहरुको संख्या बढ्दै छ । शिक्षित भएर पनि बिना अस्थायी साधनको प्रयोग हुने यस्तो अशुरक्षित सम्पर्कले गर्दा किशोरी अवस्थाबाटै महिलाहरुमा समस्या हुने गरेको तथ्याङ्कले देखाएको छ ।

महिलाले आफ्नो महिनावारीको समय ख्याल नगर्दा र भईपरी आउने यौन सम्पर्कको समयमा अस्थायी साधनको प्रयोगले नहुनाले नेपालमा गर्भपतन गराउने किशोरीहरुको संख्या बढेको बरिष्ठ प्रसुती तथा स्त्री रोग बिशेषज्ञ डा. नुतन शर्माले बताउनु भयो । एक अन्र्तवार्ताको क्रममा डा.शर्माले एक पटक पनि महिनावारी नभएकी १३ बर्षिय किशोरी समेत गर्भवती भएर आफुकहाँ आएको समेत बताउनु भयो ।

उहाँले किशोरीले बिशेष ध्यान नदिदाँ, पार्टनरको जबरजस्तीका कारण यस्ता घटना हुने बताउनुभयो । उहाँले कण्डम बिना कसैसंग पनि सम्पर्क गर्न नहुने बताउँदै यदी त्यसो गर्नुछ भने महिलाको महिनावारी चक्र हेरेर गर्न समेत सुझाव दिनुभएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित