छोरा बनाईदिने भन्दै यौन प्यास मेटाउने बाबाको हालत

नयाँदिल्ली । बाबाको नाममा यौन तृष्ण मेटाउनेलाई गाँउलेले पोलमा बाधेर कुटपिट गरेका छन् । भारतको एक गाउँका सोझा भक्तजनलाई आश्वासन दिएर आफ्नोे यौन सिकार बनाउने बाबाको यस्तो हालत गरिएको हो । जसलाई देखेर कुनै पनि बाबाले त्यो कुरा सोच्न पनि सक्दैनन । भारतको कर्नाटकमा महिला भक्तजनहरुसँग यौन दुराचार गर्ने बाबालाई गाउँलेको भीडमा विद्युत पोलमा बाधेर सबै गाउँलेले पालैपालो कुटपिट गरेका छन । त्यसपछि सडकमा घिर्सादै घिर्सादै गाउँ परिक्रमा गराएका छन ।

कर्नाटकको गडग जिल्लाका श्री सिद्धाप्पाजी स्वामी नामका बाबाले आफ्नो यौन प्यास मेटाउन गाउँका धेरै महिलालाई आफ्नो जालमा फसाउने गरेको खुलासा भएको समाचार एजेन्सीले जनाएका छन । स्वामीको यो कुकृत्यको जानकारी गाउँलेले पाएपछि स्‍थानीय गाउँलेले आफैले यो घटनामा न्याय दिने फैसला गरेका थिए । र स्वामीलाई कुटी कुटी गम्भीर घाइते बनाएका थिए ।

तर त्यो समयमा प्रहरी समयमै पुगेकाले आरोपी बाबाको जिउँदै बचाएको थियो । प्रहरीका अनुसार यी बाबाले करीब दुई वर्षदेखि सो गाउँमा आश्रम बनाएर महिलालाई प्रयोग गरी आफ्नो यौन प्यास मेटाउँदै आएका थिए । खबर अनुसार बाबाको आश्रम नजिकैको मन्दिरमा सयौं भक्तजनहरु पूजा गर्न जान्थे । मन्दिरमा पूजा गरिसकेपछि बाबाको आर्शिवाद लिन उनको आश्रममा आउथे ।

त्यही मौकामा बाबाले महिलालाई यौन सम्बन्ध राख्न बाध्य पार्थे । तर एकदिन बाबाले एक नवविवाहित महिलालाई त्यो आर्शिवाद दिँदादिँदै यौन प्रस्ताव राखेका थिए । त्यो प्रस्ताव राख्ने वित्तिकै ति महिला भागेपछि यो घटना बाहिर आएको हो । बाबाले छोरा बनाइदिने भन्दै महिलाहरुसँग यौन सम्बन्ध राख्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाबाले हालसम्म दुई सय महिलालाई छोरा बनाईदिने भन्दै आफ्नो यौन प्यास मेटाएको खुलासा भएको छ । यस्तो खुालासा भएपछि प्रहरी उनीविरुद्ध जबरजस्तीकरणी मुद्दामा कारवाही अगाडी बढाएको छ । एजेन्सीको सहयोगमा

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित