जानिराखौँ, कहाँ बन्छन् महंगा महंगा वाईन

सन २०१३ मा विश्वको सबैभन्दा महंगो वाइन भनेर दुवैमा बेचिएको थियो, जसको मुल्य १ लाख ९५ हजार डलर थियो । यो भन्दा पहिला पनि ३ लाख डलरसम्मका वाइन बेचिएका छन् । विदेशमा बनेका वाइन, बन्ने ठाँउहरु र मुल्यको केही जानकारी यहाँ उल्लेख गरिएको छ ।

१.टुस्क्यान वाइन

इटालीमा रहेको टोसकाना क्षेत्रमा उत्पादन हुने टुस्क्यान वाइन संसारको प्रसिद्ध वाइनमध्ये एक हो । उर्वर शक्ति धेरै भएको यहाँ एक लाख ६० हजार एक्कर्समा अङ्गुर लगाइएको छ । यहाँ ७० प्रतिसत रेड वाइन उत्पादन गरिन्छ । धेरै अगाडिदेखी नै वाइन उत्पादन हुने गरेता पनि १०७९ देखि वाइन विदेश निर्यात पनि हुन थालेको हो । रिकासोली नाम गरेका व्यक्तिले जर्मन फ्रान्स जस्ता देशको भ्रमण गरी विभिन्न प्रजातीका अङ्गुरको अध्ययन गरेका हुन् र टोसकानामा ल्याई अङ्गुरको खेती बढाएसँगै उनले वाइनको उत्पादन पनि गरे । १९४८ मा रिकासोलीले उत्पादन गरेको वाइन संसारको उत्कृष्ट वाइन थियो । यहाँ ७० भन्दा बढि स्वादका ब्रान्डेड वाइन उत्पादन गरिन्छ । “विवन्डी सान्टी टेनुटा आईएल ग्रेपो रिसर्भा” नामक वाइन इटलीको सबैभन्दा महंगो वाइन हो, जसको मुल्य ५२ हजार चार सय ४६ डलर सम्म पर्न आउँछ ।

२.क्यालीफोर्नीया वाइन

युनाइटेड स्टेटमा रहेको क्यालीफोर्नीया संसारको सबैभन्दा बढि वाइन उत्पादन गर्ने चौथो क्षेत्र हो । अमेरीकामा १२ सय वटा वाइन कम्पनी रहेका छन् जसमध्ये चार सय भन्दा बढि वाइन उत्पादन गर्ने कम्पनी यहाँ रहेका छन् । संसारको सबैभन्दा पुरानो वाइन उत्पादन गर्ने फ्याक्ट्री पनि यही रहेको छ, जुन ६ हजार बर्ष पुरानो रहेको बताइएको छ । यसले अहिले पनि वाइन उत्पादन गरिरहेको बताइएको छ । यहाँ १ लाख ५३ हजार ३ सय एक्करसमा अङ्गुर खेति गरिएको छ । यहाँ १३ हजार २ सय डलरसम्म पर्ने वाइनहरु पाइन्छन् ।

३. मेनडोजा वाइन

अर्जेन्टिनाको मेन्डोजामा उत्पादन हुने वाइन अर्जेन्टिनाकै पहिलो बढि वाइन उत्पादन हुने ठाउँ हो । अर्जेन्टिनाको कुल वाइन उत्पादनमध्ये ७० प्रतिशत मेनडोजामा उत्पादन हुन्छ । यो संसारको पहिलो क्षेत्र हो, जहाँ सबैभन्दामाथिको उचाइमा अङ्गुर खेती लगाइएको छ । यो संसारको बढि वाइन उत्पादन गर्ने क्षेत्रमध्ये पाँचांैमा पर्दछ । यो क्षेत्रमा ३ लाख ५६ हजार एक्करस्मा अङ्गुर खेति गरिएको छ । यहाँको गुलावी रङ्गको वाइन प्रख्यात छ । ५ हजार ५ सय ६१ डलरसम्मका वाइन पाइने यहाँ थुपै्र किसिमका वाइन उत्पादन गरिन्छन् ।

४.लोइरे भ्याली

फ्रान्समा रहेको लोइरे भ्यालीमा रहेको १ लाख ८५ हजार एक्करस जमिनमा गरिएको अङ्गुर खेतीबाट वाइन उत्पादन गरिन्छ । यहाँ ६८ हजारसम्मका वाइनहरु रहेका छन् । पहिलो शताव्दीदेखि नै वाइन बनाउने गरेको यहाँ १० हजारजति वाइन फ्याक्ट्री रहेका छन् । लोइरे भ्यालीमा उत्पादन गरिने ह्वाइट वाइन यहाँको प्रसिद्ध वाइन हो ।

५.चिलीएन वाइन

दक्षिण अमेरीकी राष्ट्र चिली विश्वको धेरै वाइन उत्पादन गर्ने नवौं राष्ट्र हो । १९९५ देखि १२ वाइन फ्याक्ट्रीबाट सुरुवात गरेको चिलीले २०१४ सम्म आइपुग्दा १०० वटा फ्याक्ट्री पु¥याइसकेको छ । यहाँ उत्पादन भएका वाइनहरु १ हजार ३८ डलरसम्म पर्न आउँछन् । यहाँको वाइन युरोेपको सबैभन्दा उत्कृष्ट स्वाद भएको वाइन मानिन्छ । चिलीमा १ हजार ६० एक्करस अङ्गुर खेती गरिएको छ र ८५ प्रतिसत अङ्गुर वाइन बनाउनमा प्रयोग हुँदै आएको छ । जनबाेलीबाट

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित