वाल्मीकि मेमोरियलको शुभकामना आदानप्रदान

मोरङ्गको पथरीशनिस्चरे २ मा रहेको वाल्मीकि मेमोरियल इङ्लिश बोर्डिङ स्कुलले कक्षा ११ का बिद्यार्थीलाई स्वागत तथा दशैँ,तिहार र छैठको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। व्यवस्थापन संकायमा उत्कृष्ट नतिजा ल्याउदै आएको यश बिधालयले कक्षा १०,११ र १२ का बिद्यार्थीहरुको उपस्थितिमा सो कार्यक्रम सप्पन्न गरेको हो। बिधालयका प्रधानाध्यापक नवल किशोर खनालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिद्यार्थीहरुले गायन, नृत्य लगायतका प्रतिभा प्रस्तुत गरेका थिए।

बिधालयमा अध्यनरत उत्कृष्ट बिद्यार्थीलाई सम्मान र पुरस्कृत गरिएको उक्त कार्यक्रममा बिधालयको अध्य्यन पूरा गरि उच्च शिक्षा हासिल गर्न अन्यत्र गएर पनि उत्कृष्ट नतिजा हासिल गर्ने बिद्यार्थीलाई समेत नगद पुरस्कार सहित सम्मान गरेको छ। वाल्मीकि मेमोरियलमा ं२ सम्मको शिक्षा पूरा गरि स्नातक र स्नातकोत्तर अध्यनको क्रममा अन्य क्याम्पसमा उत्कृष्ट भएमा नियमित रुपमा नगद पुरस्कार सहित सम्मान गरिने बिधालयका प्रधानाध्यापक नवल किशोर खनालले बताएका छन।

स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा बिधालयले कक्षा ११ का बिद्यार्थीलाई टीका, जमरा लगाई दक्षिणा प्रदान गर्दै स्वागत गरेको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित