पञ्चायतकाे दशैँ, तिहार र छैठ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मोरङ्ग स्थित पथरीशनिश्चरेको पञ्चायत माध्यमिक विधालयले कक्षा ११ र १२ का बिज्ञान र सिभिल इन्जिनियरका बिद्यार्थीलाई स्वागत तथा दशैँ, तिहार र छैठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सोहि अवसरमा बिद्यालयले बिभिन्न बिधा उत्कृष्ट विद्यार्थीहरुलाई बिद्यालयकी अध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथी आतकुमारी राई तुम्बापो पुरस्कृत गर्नु भएको थियो । मनिष राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिद्यार्थीहरुले गायन, नृत्य लगायतका विभिन्न प्रतिभा प्रस्तुत गर्दै मनोरञ्जन दिलाएका थिए । सिविल इन्जिनियरिङ्ग र कक्षा ११,१२ बिज्ञान संकायमा उत्कृष्ट नतिजा निकाल्न सफल स्कुल पुर्वमा बिद्यार्थीको पहिलो रोजाई बन्दै आएको छ ।

समुदायीक स्कुलमा संचालनमा ल्याएको प्राविधिक बिषय सिविल इन्जिनियरिङ्ग, र विज्ञनान संकायमा संस्थाको शिर उच्च राख्न अथक प्रयास गर्ने बिद्यार्थी, शिक्षक शिक्षीका र अभिभावकोहरु प्रति आभार प्रकट गर्दै आगामी दिनमा संस्थाको प्रगतीमा कुनै पनि कमी हुन नदिने विशिष्ट अतिथी प्रध्यानध्यापक अजुर्न कुमार बुढाथोकीले बताउनु भयो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित