जापानमा ‘लिङ्ग महोत्सव’, सौभाग्यवती बनिने विश्वास ( तस्विर तथा भिडियो सहित )

जापानको नागाओकामा भएको ‘लिंग महोत्वस’मा आइतबार हजारौँ मानिस सहभागी भएका छन् ।यो जापानमा वर्षेनि हुने सबैभन्दा ठूलो लिंग महोत्सव हो । मार्च महिनाको दास्रो आइतबार मनाइने गरेको यो उत्सव जापानमा १७ औँ शताब्दीमा सुरु भएको थियो । उत्सवमा जापानी नयाँ विवाहित (१ वर्षभित्र विवाहित) महिलाहरु दुलहीको भेषभुषामा सजिएर उत्सवमा सहभागी हुन सडकमा निस्कन्छन् । काठ वा मैनबाट बनाइएको लिंगसंगै महिलाहरुको सडकमा परेड गर्छन।

यो उत्सव एक मान्यता जोडिएको छ। यसमा सहभागी हुँदा महिलाहरु आमा बन्न सक्षम हुने्, भाग्य बद्लिने र वैवाहिक जीवन सुखद हुने मान्यता राखिन्छ । यसरी सडकमा निकालिएका लिङ्ग आकारका मैन वा काठलाई सडकबाट हिडाइदै गर्दा छुनेको पनि भिड हुन्छ। जसमा यो सात फिटको सबैभन्दा ठूलो काठको लिङ्ग पनि छ जसलाई रथलाई झै थुप्रै मानिसहरुले तानेर सडकमा उतार्छन।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित