कमिलाको जस्तो कम्मर भएकी कार्टुन जस्तै देखिन्छन् दुई बच्चाकी यी आमा, अनौठो छ कथा

दुई बच्चाकी आमा डियाना रिंगोलाई जसले देख्छ, आश्चर्यले जिब्रो टोक्न बाध्य हुन्छ । उनको कम्मर केवल १८ इन्चको छ । यहि शारीरिक बनौटले उनलाई विश्वभर चिनाएको पनि छ । उनलाई कतिले कार्टुन क्यारेक्टरसँग तुलना गर्ने गरेका छन् । यो १८ इन्चको कम्मरको पछाडि अचम्मलाग्दो कथा छ । डेली मेलमा जनाइए अनुसार पहिला सेनामा जागिरे थिइन् उनी । त्यसबेला उनी सामान्य थिइन् । उनको शरीर स्वभाविक खालकै थियो । दुई बच्चालाई जन्म दिइसकेपछि उनले आफुलाई थप फिट राख्न खोजिन् । उनले आफुलाई यस्तो बनौटमा ढाल्नका लागि अनौठो प्रयोग गरिन् ।

उनी २३ घण्टा आफ्नो कम्मरमा पेटीले बाँधेर राख्थिन् । उनले यो क्रम निरन्तर तीन बर्ष जारी राखिन् । त्यही कारण उनको कम्मर यति सानो भयो । खाना खाँदादेखि सुत्ने समयसम्म उनले पेटी बाँध्ने गर्थिन् । जब उनले आफुलाई यस्तो बनाउने प्रयास थालिन्, परिवारले भने बिरोध गरे । उनको परिवारले धेरै बिरोध यसकारण पनि गरे कि, डियानाले त्यसरी कारसेट ब्यान्ड लगाउँदा कुनै दिन मृत्युको मुखमा पुग्नेछिन् ।

तर, उनले परिवारको कुरालाई वेवास्ता गरिन् । अन्ततः उनको कम्मर सानो भयो । अहिले उनी आफ्नो सफलताप्रति खुसी छिन् । सुरुमा बिरोध गरेपनि अहिले आफ्नी पत्नीको स्वरुप देखेर खुसी लाग्ने उनका पतिले बताएका छन् ।

उनले भनेका छन्, ‘सुरुमा त मलाई आफ्नी पत्नीको स्वास्थ्यप्रति एकदमै चिन्ता थियो । पछि उनलाई डाक्टरकहाँ पनि पु¥याइयो । डाक्टरले उनी पुरा ठिक भएको रिपोर्ट दिएपछि मेरो चिन्ता हट्यो ।’

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित