बिवाह गर्न बच्चा जन्माउनै पर्ने याे कस्ताे परम्परा !

गुजरात / भारतमा आज पनि बिहेपूर्वको शारीरिक सम्बनधलाई अनुचित मानिन्छ । तर यही देशमा एक यस्तो समुदाय पनि छ जहाँ बिहे गर्नुपूर्व बच्चा जन्माउनु अनिवार्य छ । यदि कुनै जोडीले विवाहपूर्व बच्चा जन्माउन सकेनन् भने उनीहरु बिहे गर्न पाउँदैनन् चाहे उनीहरुबीचमा जतिसुकै गहिरो प्रेम किन नहोस् ।

यहाँ पहिले केटा र केटी लिभ इन रिलेसनसिपमा बस्छन् । बच्चा जन्माएपछि बल्ल उनीहरुको विवाह हुन्छ। यो परम्परा गरासिया जातिमा छ। यो समुदाय राजस्थान र गुजरातमा बस्छन्।

कुनै कारणले बच्चा जन्मिएन भने त्यो सम्बन्धले विवाहको मान्यता पाउँदैछ। विवाह गर्नको लागि ती केटा र केटी फेरि अर्को कसैसँग लिभ इन रिलेसनसिपमा बसेर बच्चा जन्माउनुपर्छ। यो परम्परा १ हजार वर्ष पुरानो हो। यहाँ यस्तो खालको मेला पनि लाग्छ जहाँ केटा र केही मिलेर भाग्छन्। उनीहरु केही समय सँगै रहन्छन् जब बच्चा जन्मिन्छ अनि उनीहरुले विवाह गर्छन्।

प्रतिक्रिया

सम्बन्धित