८३ वर्षीय यी बृद्ध जब १५ वर्षसम्म युवतीलाई गुफामा कैद गरेर बलात्कार गरिरहेको पर्यो फेला

एजेन्सी। इन्डोनेसियामा एक पुरुषले १५ वर्षसम्म युवतीलाई गुफामा कैद गरेर बलात्कार गरेका छन् । इन्डोनेसियाको सुलावेसी राज्यको गालुम्पांग इलाकाम रहेको गुफमा १५ वर्षमादेखि युवतीलाई थुनेर बलात्कार गरेको आरोपमा ८३ वर्षीय पुरुषलाई पक्राउ गरिएको छ भने गएको आइतबार पीडित युवतीलाई उद्धार गरिएको छ ।

पक्राउ पर्दाको पुरुषको उमेर ८३ वर्षको छ । उनले १५ वर्ष पहिले ती युवतीलाई अपहरण गरेर गुफामा कैद गर्दा ती युवतीको उमेर १३ वर्षको रहेको इन्डोनेसियाका प्रहरीले जानकारी दिएको छ । युवतीमा भुत प्रेत प्रवेश गरेको भनेर गुफामा लगेपछि त्यहीँ युवतीलाई थुनेर बलात्कार गरेको पुरुषमाथि आरोप लागेको छ ।

प्रहरीले जारी गरेको गुफाको फोटो प्रहरीका अनुसार गुफामा केही फर्निचर राखिएका थिए। ती पुरुषले युवतीलाई राति आफ्नो घरमा ल्याउँथे भने दिनमा गुफामा कैद गरेर राख्थे। पक्राउ परेका पुरुषमाथि मुद्दा चलाइएको छ । उनीविरुद्ध आरोप सावित भए १५ वर्षको जेल सजाय हुने व्यवस्था छ। एजेन्सी

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित