मापदण्ड विपरित सञ्चालनमा रहेकाे स्वास्थ्य संस्था सिलबन्दी

पथरी / मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा रहेका अधिकांश नीजि स्वास्थ्य संस्था मापदण्ड विपरित सञ्चालन भएको भेटिएकोे छ । यस क्रममा २ वटा संस्था वन्द गराइएको छ । भने अनुगमन आएको थाहा पाएपछि केहि संस्था बन्द गरि हिडेको भेटिए । पथरीशनिश्चरे नगरपालिकाको अगुवाईमा भएको अस्पताल, क्लिनिक, फार्मेसी, ल्याव सहितका १ नम्वर वडामा पर्ने १३ वटा स्वास्थ्य संस्थाको अनगमन्का क्रममा अवैधानिक रुपमा सञ्चालन भएका २ वटा पसल वन्द समेत गरिएको छ ।

पथरी चोकमा रहेको २४ घण्टे डेलिभरी सेवाको समेत बोर्ड राखेर सञ्चालित सुमित्रा फार्मेसी र त्यसभन्दा पूर्व केही समययता स्थापना भएको दीर्घायु आयुर्वेदिक मेडिकल हल बन्द गरिएको हो । लामो समयदेखि सञ्चालित सुमित्रा फार्मेसीमा सञ्चालनको प्रमाणपत्र अर्काैको नाममा रहेको तथा संस्था नविकरण समेत नगरिएको खुलेको छ । दीघार्यु मेडिकलमा सञ्चालनको प्रमाणपत्रवाला व्यक्ति नहुनुका साथै अस्पताल दर्ता नै नगरी डाक्टर राखेर ल्याव सञ्चालन गर्दै औषधि समेत निर्माण गर्ने गरेको पाइएको अनुगमन् टोली संयोजक नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले जनाउनु भयो ।

यी दुई संस्थाका सञ्चालकलाई आइतवार नगरपालिका कार्यालयमा उपस्थित हुन समेत पत्र काटिएको छ । ‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा लापरवाही गर्नै मिल्दैन । हामीले सवैलाई सचेत गराउँदै कानूनी प्रक्रिया पुरा गरेर सञ्चालन गराउन जानकारी गराउँदै अनुगमन् अभियान थालेका छौं ।’ मापदण्ड पुरा गराउनका लागि उनीहरुलाई सचेत गराउँदै पुनः अनुगमन् गर्दा मापदण्ड पुरा नभएकै अवस्था पाइएमा त्यस्तो संस्था वन्द गराउने वताइएको छ ।– टोली संयोजक वास्तोलाले भन्नुभयो ।

अनुगमन्मा अधिकांश स्वास्थ्य संस्थाले नविकरण गर्न वाँकी रहेको तथा न्यूनतम् मापदण्ड पुरा नगरेकाले सचेत गराउँदै २१ दिनभित्र त्यसखाले प्रक्रिया पुरा गर्न जानकारी गराइएको नगरका स्वास्थ्य संयोजक मुरारी आचार्यले उल्लेख गर्नुभयो ।

उहाँले नगरका अनुगमन् गरेका ३ वटा अस्पतालमध्ये मोरङ अस्पतालमा विरामीको बेडको व्यवस्थापन गर्न, प्यासेजमा बेड नराख्न, एक्सरे मेसिन वढी क्षमताको र कोठाको मापदण्ड पुराउन र ह्वली चियर कुदाउने बाटो सुधार्न निर्देशन दिइएको वताउनु भयो । कावेली अस्पतालको केही व्यवस्थापकीय पक्षमात्रै व्यवस्थापनको आवश्यता देखिएको उल्लेख छ । पथरी हस्पिटलको अलि वढी पूर्वाधार पुरा गर्नुपर्ने देखिएकाले पूर्वाधार पुरा गरेर मात्रै नविकरण गर्न आउन निर्देशन दिइएको आचार्यले जनाउनु भयो ।

अनुगमन्का क्रममा अधिकांशले नयाँ आर्थिक वर्षका लागि संस्था नविकरण गर्न वाँकी रहेको देखिएको छ । केहीले औषधि पसल सञ्चालनको अनुमति लिई डाक्टर समेत राखेर क्लिनिक सञ्चालन गरेको, विक्रीमा प्रतिवन्धित गर्भपतन सहितका औषधि विक्री गरेको, केहीले क्लिनिक सञ्चालन गर्दा एमवीवीएस डाक्टर नराखी सञ्चालन गरेको म्याद गुज्रिएका औषधि राखेको, नियम बिपरितका औषधी बिक्री गरेने जस्ता मापदण्ड विपरित संचालन भएको अनुगमनमा देखिएको छ । एउटामा क्लिनिकको बोर्ड राखेको भएपनि क्लिनिक सञ्चालनमा नभएको समेत पाइएको छ ।

अनुगमन धेरै कमि कम्जोरी भेटिएको , जिल्ला जनस्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन राजेन्द्र चौधरीले बताए। म्याद गुज्रीएका औषधी, सेवा बिहिन बोड र अनुमती नभएका औषधी भेटिएको र उक्त औषधी जफत गरीएको पसल बाट जफत गरेको औषधि व्यवस्था विभाग मोरङका फार्मेसी निर्देशक जयन्द्र बोगटी बताए

औषधि व्यवस्था विभाग मोरङका फार्मेसी निर्देशक जयन्द्र बोगटी, जिल्ला जनस्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन राजेन्द्र चौधरी, कोशी अञ्चल अस्पतालका एक्सरे विभागका रामनारायण यादव, मंगलवारे अस्पताल उर्लावारीका डाक्टर योगेशकुमार मण्डल सहितको टोलीले अनुगमन् गरेको थियो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित